Pages

Subscribe:

Ads 468x60px

महोत्सवमा मुक्तक र गजल : नुन कर्णाली पुर्याइयोस

संविधानवाट ‘संवि’ झिकेर बाँकी रहेको धान सुदुरमा खुवाइयोस
कानुनबाट ‘का’ झिकेर बाँकी रहेको नुन कर्णाली पु¥याइयोस

बरिष्ठ साहित्यकार एवं गीतकार राजेन्द्र थापाले संविधान आउने–नआउने अनिश्चित भइरहको वेला देशको पछिल्लो अवस्थालाइ चित्रण गर्दे धादिङ महोत्सवको चलिरहेको मञ्चबाट यी पंक्तिहरु वाचन गरिरहदा संगै रहेका अन्य अतिथिहरुसंगै दर्शकदिर्घावाट तालीको गडगडाहट आयो । उनी थप्दै थिए : 
नयाँ संविधान कस्तो बन्छ थाछैन, त्यसैले संविधान बन्नुअघि नै
नेपालको ‘ने’ झिकेर बाँकी रहेको पालले सुकुम्वासीको छाना छाइयोस

जनता पुस्तकालय धादिङ र धादिङ सिर्जना प्रतिष्ठानको संयुक्त आयोजनामा धादिङवेशीमा जारी चौथो धादिङ महोत्सवस्थलमा गरिएको विषेश साहित्यिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका थापाले महोत्सव स्थलमा सहभागी दर्शकहरुमाझ लगातार आफ्ना मुक्तक मार्फत नेपालको दुरावस्थालाइ व्यङग्य गरिरहे । अहिलेको समयमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाइ गरिवीसंग जोड्दै उनले व्यङग्य गरे :
दिशामुक्त घोषणा, खान पाए पो दिशा आउने हो
रगत बेचेर रेमिट्यास आए पो दिशा आउने हो
धान ल्याउन गएकाहरु संविधान नै लुटेर भागे
धान फल्ने संविधान ल्याए पो दिशा आउने हो

करिव २० मिनेटमा एक दर्जन भन्दा वढि गजल र मुक्तक सुनाएका थापाले अधिकांश मुक्तकमा देशको शासन....
पद्धति र शासकहरुलाइ अक्षर मार्फत वाण हानिरहे । मेलामा उपस्थित दर्शकहरुमाझ धादिङका सर्जकहरुको साथमा उनले आफना मुक्तक र गजलहरुबाट उपस्थित दर्शकहरुलाइ भरपुर मनोरन्जन प्रदान गरे ।
हरेक महिना गजल गोधुलीको आयोजना गर्ने गरेको धादिङ सिर्जना प्रतिष्ठानले यसपटक चौथो धादिङ महोत्सव तथा मद्यमाञ्चल क्षेत्रिय मेलाको अवसरमा महोत्सव स्थलमा नै रचना वाचको कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा धादिङकै स्रष्टाहरु ले पनि गजल कविता वाचन गरेका थिए । युवा गजलकार राजकुमार उदासले भुगोल र रङगले मायामा असर पारेको गजलमार्फत नै सुनाए  :
तिमी अमेरिकी म अफ्रिकी हाम्रो भेष नमिल्दा
बेहाल छ मुटु एक हुने परिवेश नमिल्दा

संविधान पनि बनाउन आलटाल गर्ने अनि भारत परस्त भएर काम गर्ने नेताहरुप्रति युवा गजलकार दिपेन्द्र रिजालको गजल यस्तो थियो : 
देशको कानुन लेख्ने काम हाप्दैछन कि नेता
नेपालभुमि भारततिर गाभ्दैछन कि नेता

बुद्धभुमिमा बन्दुक वोकेर क्रान्तिको डंका पिट्नेहरुप्रति व्यङग्य गर्दै अर्का गजलकार सुनिल इटनीले गजल मार्फत भने  : 
धर्ती देखेपछि अनि आकाश देखेपछि
मान्छे भन्नेहरुको थोरै विश्वास देखेपछि
बन्दुक वोकेको उसले धिक्कार्नेछ आफैलाइ
एम्वुस माथि बुद्धको इतिहास देखेपछि

कार्यक्रमकै बीच अर्का गजलकार दिनेश कँडेल भने गजलका शेर मार्फत श्रीमती फकाउदै थिए :
धेरै खाको छैन वुढि हल्का मात्रै हो
एकफुल भोड्का बाँडी चुढि हल्का मात्रै हो

जस्तो काम गरेपनि जस नदिने हाम्रो समाज प्रति व्यङग्य गर्दे रिता लंसाल गजलको शेर मार्फत आमाको सम्झना गर्दे थिइन :
समाजले कुरा काट्दा विवश भइ सुन्छु आमा
अनि तिम्रै याद आउछ आँसु झार्दै रुन्छु आमा

कार्यक्रममा पत्रकार सानुवावु तिमिल्सिना कवितामार्पmत आफ्नै पेशाको दुःख सुनाए । उनले भने :
न समयमा सुत्न पाइछ न समयमा खान
कता कता के छ भनी पर्ने खोज्दै जान
अरु सामान केही छैन कलम कापी हुनी
के भनेर बयान गरौ पत्रकारको जुनी

कार्यक्रममको अन्तिमतिर धादिङका साहित्यकार बद्री प्रसाद दाहाल ‘भष्माशुर’ र कवि दामोदर नलाङीले छन्द कविता मार्फत धादिङको गुणगान गाउदै महात्सवको माहोलमा मार्धुयता थपेको थिए ।

0 Comments:

Post a Comment