Pages

Subscribe:

Ads 468x60px

घर माइती गर्ने 'देउता'

त्रिपुरा सुन्दरी भगवतीलाइ वेशीको मन्दिरमा लैजादै गर्दाको दृष्य
अघिअघि खैँजडी भजनसँगै नाङ्गो खुडा, खुकुरी र तरबार बोकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्ट सहितका भक्तजनहरु, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेरा भित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पुजापाठ र अविर जात्रा गर्दै थिए । एकवर्ष भित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको धादिङको त्रिपुरा सुन्दरी मन्दिरको त्रिपुरासुन्दरीमाईलाइ विहीवार विहान आगिन्चोक गाविस वडा नं १ मा सार्दै गर्दाको दृष्य हो यो ।
 प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नु पर्छ तर सल्यानकोट गाउ विकास समितिको वडा नं ५ मा रहेको त्रिपुरासुन्दरी माइ भगवतीको दर्शन गर्न भक्तजनहरु वाटोमा नै कुरेर वसेका हुन्छन । एकवर्ष भित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको धादिङको त्रिपुरा सुन्दरी मन्दिरको त्रिपुरासुन्दरीमाई विहीवार विहान आगिन्चोक गाविस वडा नं १ मा सारिएको छ ।
वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने परम्परा रहेको यस भगवतीसंग ऐतिहाँसिक किम्वदन्ती जोडिएको पाइन्छ । पृथ्वीनारायण शाहले नुवाकोट एकिकरण गर्न आउदा यही भगवतीको पुजाआजा गरि नुवाकोट विजयको कामना गदै आशिष मागेको र त्यहीवेलादेखि शाहवंशको कुलदेवताको रुपमा मान्दै आएको किवदन्ती छ ।
त्रिपुरा भगवतीको मुल मन्दिर । यो मन्दिरमा त्रिपुरासुन्दरी माइ
भगवतीलाइ वर्षका आठ महिना राखेर पुजा गरिन्छ ।
सल्यानकोटकै स्थानियवासी एवं समाजसेवी गोविन्द कुमार श्रेष्ठले भने, ‘पृथ्वीनारायण शाहको पालादेखि नै यहा मन्दिर स्थापना भएर पुजाआजा चलिआएको हो । यस मन्दिरमा नुवाकोटको विजय पाउनुपुर्व पृथ्वीनारायण शाहले यही पुजाआजा गरेर गएको त्यसपछि राजपरिवारको कुलदेवताको रुपमा पुजा गरिदै आएको छ । राजतन्त्र समाप्तहुनुभन्दा अगाडी हरेक वर्ष राजपरिवारका सदस्यहरु यहाँको मन्दिरमा आउने गरेका थिए ।’
रातभर पुजापाठ गरेर विहीवार बिहानै पुजारीहरुले बोकेर भगवतीकोे मूर्तिलाई गाँउको मन्दिरबाट बेशीको मन्दिर झारेका हुन । देवीको दर्शन गर्न हजारौ भक्तजनले मध्यराती देखि नै बाटो ढुकेर वसेका थिए । उनीहरुले मुर्ति देख्न र छुन नपाएपनि टाढैबाट दर्शन गरि रहेका थिए । वडा दसैँको चतुर्र्थीको दिन दसैँ घरबाट
मुल मन्दिर सल्यानकोट सारिएको भगवतीको मुर्तिलाई विहीवार विहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । यस भगवतीको दर्शन गर्नाले मागेको कुरा पुरा हुने विश्वास रहेकाले टाढाटाढावाट पनि भक्तजनहरु भगवतीको दर्शन गर्न र पुजाआजा गर्न आउने गर्दछन । गोरखा आरुघाटवाट आएका ६५ वर्षिय हिमलाल खनालले भने, ‘मैले अहिलेसम्म यो भगवतीको मेला छुटाएको छैन, हरेक वर्ष आउने गरेको छु, यहा आएर पुजाआजा गरेपछि मनमा शान्ति मिल्छ, मनले चिताएको कुरा पुगेको पनि छ र भगवती माताले पु¥याउनुहुन्छ भन्ने पनि विश्वास लाग्छ ।’
त्रिपुरासुन्दरीमाइ भगवतीको मुर्तिलाइ रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले पनि हेर्न र छुन नपाउने प्रचलन रहिआएको छ । यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुल ढोका बाटै भगवतीलाई पुजा–आजा गर्नुपर्ने नियम छ ।
आगिन्चोक गाविस १ स्थित बेसीको मन्दिर,
जुन भगवतीको माइतीको रुपमा चिनिन्छ ।
सल्यानकोट–५ मा रहेको २ वटा मन्दिर मध्ये वडादशैको घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई दशैघर राखेर पुजाआजा गरिन्छ र नवमीको दिन पन्चवली दिइन्छ, जुन भगवतीको मामाघरको रुपमा प्रसिद्ध छ । मंसिर देखि चैत्रसम्म भगवतीलाई आगिन्चोक गाविस १ स्थित बेसीको मन्दिरमा राखिन्छ, जुन भगवतीको माइतीको रुपमा चिनिन्छ ।
सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिन्छ । हरेक वर्ष मंसीर महिनाको विशेष तिथिमा भगवतीलाई गाउँको मन्दिरबाट बेसीको मन्दिरमा पु¥याइने गरिन्छ ।
वेशीको मन्दिरमा भगवतीलाइ सार्दे गर्दा खेतमा भर्खर टुसाउदै गरेको गहुँवाली भक्तजनहरु र तीर्थालुहरु सवैले कुल्चेर निमिट्यान्न भएपनि झन मौलाउदै जाने किंवदन्ती रहेको छ । स्थानिय हरि वहादुर दाहालले भने, ‘दशौ हजार भक्तजनहरु माइको सवारी हेर्न आएका हुन्छन तिनिहरुले टेकेर माटो समेत खाँदिएको हुन्छ तर पहिल्यै टुसाएको गहुँ झन राम्रो भएर आउँछ ।’ भक्तजनहरुलाइ कुल्चाउनकै लागि भनेर भगवतीलाइ वेशी झार्नु एक हप्ता अघिमात्र कृषकहरुले गहुँ लगाएको स्थानिय कृषक राम प्रसाद सापकोटाले वताए ।
नेपालमा राजतन्त्र हुन्जेलसम्म हरेक वर्ष राजपरिवारको नाममा मुल पुजा गरिदै आएको र राजतन्त्रको अन्त्य पश्चात नेपाल सरकार र नेपालीको नाममा पुजा गर्न थालिएको हो । त्यसका लागि गुठी सस्थानवाट समेत प्रत्येक वर्ष १० हजार सहयोग उपलव्ध हुदै आएको छ । राजधानी काठमाण्डौंबाट सडकमार्ग हुँदै झण्डै ७ घण्टामै यो मन्दिर पुगिने भएपनि त्यो मन्दिर र यहाँको रोचक प्रचलनको बारेमा उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ । सरकारी तवरवाट नै यसको प्रचार प्रसारमा सहयोग पु¥याउने हो भने ऐतिहासिक र सास्कृतिक महत्व वोकेको त्रिपुरा सुन्दरीमाइ एउटा पर्यटकिय गन्तव्य वन्ने निश्चित छ ।



0 Comments:

Post a Comment