Pages

Subscribe:

Ads 468x60px

आमा, माफ गर !

तिम्रो कोखवाट
यस धर्तीमा पाइला राखेर च्याहाँ गर्दा
प्रसव वेदनाको छट्पटाहटमा पनि
उज्यालो मुहार लाएर खुसी भएका थियौ
मेरो आगमनमा
तर माफ गर आमा
मैले तिम्रो त्यो खुसीलाइ कायम राख्न सकिन

भविष्यको आडिलो भरोसाका लागि
तातो घाम र तेलमा खराएर
दरिलो वनाउदै अरुका साभु उभिन सिकायौ
तर माफ गर आमा
कामको वोझले तिमि ठाडो उभिन नसक्दा पनि
तिम्रो सहारा वन्न सकिन ।

अजङगको घाँसको भारी माथी
असारको चिप्लोवाटो र चर्को घाममा
तर तरी पसिना चुहाउदै हिडेको वेला पनि
तिम्रो मायामा पुलपुलिएर
मैले हिड्न नसकेको नाटक गर्दा
पछिको सुख सम्झेर

मलाइ घासको भारी माथी राखेको थियौ
तर माफ गर आमा दाउराको भारीले
च्यातेको तिम्रो चोली फेर्न सकिन
तिम्रो घास दाउराको जुनी फेर्न सकिन

भविष्यमा सुख पाउने आसमा तिमिले
मेरा लागि धेरै दुःख वेसायौ
मेरो मलिन अनुहार हेर्न चाहिनौ
मेरो पेट भर्नकै लागि कति छाक खाइनौ
तर माफ गर आमा
उ वेलादेखिको तिम्रो भोको पेट भर्न
मैले अझै सकेको छैन ।

घास दाउरा मेलापात गरि पढायौ
शिक्षाको धुरी चढायौ
तर आमा,
संसार जित्ने गरि अघि वढ्न सकिन
दुःखलाइ जितेर सुुखको धुरी चढ्न सकिन
संसारकै ठुलो मान्छे वनाउने तिम्रो सपनामाथि
मैलै तुसारापात गरेको छु आमा
मलाइ माफ गर
तिमीले वनाउन खोजेको छोरो वन्न सकिन
तिमिले वुढेकालमा टेक्ने लौरो वन्न सकिन ।
___________________________२०७१/१/१६

0 Comments:

Post a Comment