Pages

Subscribe:

Ads 468x60px

हामीले नगरे कसले गर्ने ?

गत विहीवार धादिङवेशी पुछारवजार चोकमा एक नौलो दृष्य देखियो । सेतो गन्जी र सेतो हाफ पाइन्ट लगाएका, मास्क, टोपी, पन्जा, कालो चश्मा अनि जुत्ता लगाएका एक अधवैशे व्यक्ति पुछारवजार चोकका घर आगन र सडक वढारिरहेका थिए । उनको लवाइ हेर्दा लाग्थ्यो उनी वर्डफ्लु नियन्त्रण अभियान का सदस्य हुन तर हातमा कुचो वोकेर उनी पुछारवजार चोकको घरअगाडी वढारिरहेका थिए । आफ्नो गन्तव्यमा हिडिरहेका व्यक्तीहरु पनि एकछिन टक्क उभिएर उनको गतिविधि नियालीरहेका थिए । उनको गतिविधि हेर्दा जो कोही पनि उनलाइ मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन भनेर सहजै अनुमान लगाउन सक्थे किनभने उनी एकसुरले सडकमा भएका फोहोरमैला र घर आगनका पेटी वढारिरहेका थिए । मैले पनि उनको गतिविधि एकछिन सडकमै उभिएर हेरीरहे । उनको लुगा लगाएको तरिका, वढार्ने शैली हेर्दा पक्केै पनि उनी पागल होइनन भन्ने लाग्यो र उनीनजिकै गएर कुरा गर्न खोजे तर पनि अप्ठ्यारो लाग्यो र साथी शंकर श्रेष्ठलाइ वोलाएर उनीसंग कुरा गर्न थाले । उनी रहेछन किर्तिपुर १ ठामवहाल काठमाण्डौका होेटल व्यवसायी राजमान महर्जन । 
काठमाण्डौको किर्तिपुरमा रहेको नेवाः लहना रेष्टुरेण्टका म्यानेजिङ डिरेक्टर राजमानले यसरी नै घुमेर देशभरका मुख्य शहरका चोकचोकमा पुगेर वढारिसकेका रहेछन । उनीहरु टोलवासी मिलेर किर्तिपुर १...............
ठामवहालमा नेवारी रहन सहन, खानपान र सस्कृतिको जगेर्ना गर्नकै लागि टोलका एकहत्तर घरपरिवारले सामुहिक रुपमा नेवाः लहना रेष्टुरेण्ट संचालन गरेका रहेछन । तिनै एकहत्तर घरपरिवारले आइ किर्तिपुर नामक सस्था खोलेर हामीले नगरे कसले गर्ने भन्ने
 उद्येश्य राखि देशभरका चोक चोकमा भएर स्थानियवासिन्दालाइ सरसफाइप्रति उत्प्रेरणा जगाउनको लागिसरसफाइ गर्ने अभियान सुरु गरिएको उनको भनाइ थियो । उनको उद्येश्य रहेछ स्वच्छ र सफा समाजको निमार्ण । आफ्नो घर अगाडी रहेका फोहोर मैलाहरु हामी आफैले सफा गरे, हामी आफैले व्यवस्थापन गर्न सके मात्र टोल सफा रहन्छ, टोल सफा रहे समाज सफा रहन्छ समाज सफा रहे जिल्ला सफा रहन्छ अनि जिल्ला सफा गर्न सके सिङगो देश फोहार मैला मुक्त वनाउन सकिन्छ भन्ने उध्येश्य वोकेर विगत चार वर्ष देखि उनी देशभरमा गल्ली र चोक वढार्दै हिडेका रहेछन ।चार वर्ष अघिदेखि किर्तिपुरकै टोल टोलमा सरसफाइ गदै हिडेका उनले २०६८ जेठ १ गतेदेखि भने देशभरका मुख्य शहरहरुमा अभियाननै रुपमा हिडेका छन । काठमाण्डौ उपत्यकाको मुख्य चोकहरुमा पनि २ पटक घुमिसकेका ेछन । उमेरले आधा शताव्दी पुग्न लागेको उनलाइ यसरी सरसफाइमा लाग्न आफ्नै घरवाट प्रेरणा मिलेको रहेछ । मेरो घरअगाडीको फोहोर सफा गर्नु मेरो काम हो मैले सफा नगरे कसले गर्ने भन्ने विचार मनमा आएपछि देशभरका जनताइ यही विचार प्रदान गर्न देशभरका चोकचोक र गल्लीहरु सरसफाइ गर्दै हिडेको वताउछन ।
२०६० सालसम्म नेकपा एमालेको काठमाण्डौ जिल्ला कमिटिको सदस्यमा रहेर सक्रिय राजनिति गरेको राजमानले वढ्दै गएको राजनैतिक नैराश्यताले पनि आफुलाइ समाजसेवा तर्फ आकर्षित गरेको वताए । 

यसरी वाटो–वाटा, चोक–चोक मा एक्लै हातमा कुचो लिएर वढार्दै हिड्दा कतिपय वटुवाहरुले पागल मान्छे भनेको पनि अनुभव सुनाउछन । सुरुमा पागल मान्छे भनेर वास्ता नगरेको अनि आफ्नो उद्येश्य वारे जानकारी पाएपछि भने प्रशस्सा गर्दे नगद सहयोग गरेको उहादहरण पनि वताए । तर आफुले नगद संकलन गर्ने उद्येश्यले नभइ विशुद्ध समाजसेवा गरेको उनको भनाइ थियो । अझ अचम्म त के छ भने उनको साथमा एउटा झोला र कुचौ सधै रहेको हुन्छ । कुनै प्रतिक्षालयमा वस कुर्दा होस या कोही कसैलाइ पर्खिदा उनी सधै वढारिरहेका भेटिन्छन ।उनको गतिविधि नियालीरहेका धादिङवेशी पुछारवजारका एक वृद्धले पनि उनको अभियानको खुलेरै प्रशंशा गरे । कहाँको कहाँको मान्छे आएर आफ्नो घर अगाडीको फोहार सफा गरेपछि आफुलाइ लाज लागेको वताए ।
यसरी हरेक शहरकहा चोक चोक र गाउ टोलमा भएका फोहोरमैलाहरु सफा गर्दे हिड्ने राजमानको काम पक्कै पनि प्रशंशनिय छ भले उनको उद्येश्य पुरा हुन केही समय किन नलागोस । उनेका यो अभियानको प्रेरणावाटै कतिपयले  आजैदेखि आफ्नो घर अगाडीको सडक सफा गर्न थालिसकेका छन । राजमानले भने जस्तै हामी पनि आजैदेखि आफ्नो घर टोल अगाडीको फोहोरमैला  व्यवस्थापनमा आजैदेखि लागौ र स्वस्थ्य र सुन्दर समाजको निमार्णमा जुटौ । हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने ?

0 Comments:

Post a Comment