Pages

Subscribe:

Ads 468x60px

राजधानी नजिकका चेपाङहरु

आगनैमुनि २ वटा ठुला राजमार्गहरु छन । घरको आगनवाट लोटा खस्दा गुडगुडिएर यही राजमार्गमा पुगेर वज्रिन्छ । यही राजमार्ग भएर दिनहु हजारौ गाडीहरु नेपालकै राजधानी ओहोर दोहोर गर्छन तर आगनवाट यो राजमार्गमा गुडेको गाडीहरु गन्न एउटा चेपाङ सिङगो वस्तीमा राज्यको कुनै पनि निकाएको आँखा पुगेको छैन भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता हो नौविसे गा वि स वडा नं ९ को । देशको दुइठुला राजमार्ग पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ यही नौविसे गा वि स भएर गएको छ । कतिका इच्छा आकाङक्षाहरु यही राजमार्गवाट नै पुरा भएको छ तर यही राजमार्ग भन्दा १०० मिटर माथी रहेको १४ घर चेपाङ भने वस्तीहरु भने न यो राजमार्गको हावाले छौएको छ न राज्यवाट प्रदान गरिने सेवा सुविधाले ।  यो चेपाङवस्तीलाइ सरकारी सुविधाको नाममा केही नभएको गाउँको रुपमा परिभाषित गर्न सकिने अवस्था छ । १४ घर चेपाङका ४० महिलासहित ७५ जना मानिसको बसोबास रहेको चेपाङवस्तीमा नागरिकता बनाउनु पर्ने ३१ जनाले नागरिकता बनाएका छैनन् । नागरिकता नवनेकै कारण्ले उनीहरुले आफ्नो वालवच्चाको नागरिकता पनि वनाउन नपाएको जन्मदर्ता गर्न नपाएको अलिअलि वचत गरेर कमाएको रकम पनि वैङकमा जम्मा गर्नलाइ खाता खोल्न नपाएको माया चेपाङको गुनासो छ ।  
राज्येले पदान गर्ने कुनै पनि सेवा सुविधा नपुगेको यो चेपाङ वस्तीमा नागरिकता नभएकै कारण अलि आर्थिक रुपले सवल चेपाङले घरमाथीवाट विजुलीको पोल जाँदा पनि मिटरवक्स लिन नपाएर विजुली वाल्न पाएका छैनन । वर्षौदेखि आफुले खेतीपाती गर्दै आएको जमिनको नागरिकता नभएकै कारणले लालपुर्जा वन्न सकेको छैन । उमेरले ६२ काटेकी सान्नानी चेपाङले पनि नागरिकता नभएकै कारणले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता अन्तरगतको वृद्ध भत्ता खान पाएकि छैनन ।
उनीमात्र होइन यो चेपाङ गाउका आठ जनाले नागरिकता नभएकै कारणले सामाजिक सुरक्षा भत्ता लिन पाएका छैनन । नागरिकता वनाउने उमेर भएका अधिकांश व्यक्तीहरु अशिक्षित भएकाले उनीहरुलाइ नागरिकता कहाँ............
गएर कसरी वनाइन्छ भन्ने पनि थाहा छैन । देशमा प्रजातन्त्र आएपछि मात्रै पनि पाँचवटा त आम निर्वाचन भइसक्यो तर वर्षोदेखि यो ठाउमा वसोवास गर्दै आएका यी चेपाङहरुले न अहिलेसम्म भोट हालेका छन न अहिले वन्दै गरेको फोटो सहितको मतदाता नामावलीको परिचय पत्र नै वनाएका छन । नागरिकता नभएकै कारणले यो गाउका मताधिकार रहेका ३७ जना चेपाङले फोटो  सहितको मतदाता नामावलीको परिचय पत्र वनाउन पाएका छैनन । उनीहरुको भोट नविक्ने भएकै कारण कुनैपनि राजनैतिक दलहरुको आँखा यो चेपाङवस्तीमा नपुगेको असल शासन जिल्ला समन्वय समितिका जिल्ला अध्यक्ष केशव अधिकारीको वुझाइ छ ।
आम्दानिको कुनै पनि स्थायी श्रोत नभएका यी गाउका अधिकाँशको गुजारा टार्ने माध्ययम भनेको ज्याला मजदुरी हो । ज्याला मजदुरी गर्न नसकेर घरमै वसेका र सामाजिक सुरक्षाभत्ता खाने उमेर पुगेका चेपाङहरुले पनि आफ्नो नागरिकता नवनेकै कारण राज्यवाट पाउने सेवा सुविधावाट वन्चित भएका छन । जनताको घरदैलोमा नै सेवा पुर्याउने नाममा शहर वजार र आफुलाइ पाएक पर्ने ठाउमा घुम्ती शिविरको आयोजना गरेर काम देखानुभन्दा सरकारी निकायले यस्ता चेपाङवस्तीमा पुगेर सेवा प्रदान गर्न सके वास्तविक पिडीत र सरकारी सेवा सुविधा नपाएका स्थानिय वासिन्दा हरुले सरकारी सेवा सुविधा पाउथे कि ?

0 Comments:

Post a Comment