Pages

Subscribe:

Ads 468x60px

एकछिन पस्न पनि डर हुने घरमा ६ जनाको वसोवास

Photo : Manish Duwadi
देशका ६८ जिल्लालाइ राजधानिसंग जोड्ने पृथ्वी राजमार्ग र त्रिवुभन राजपथ भन्दा सय मिटर माथी नौविसे गाउ विकास समितको वडा नं ९ मा रहेको घर हो यो । झट्ट हेर्दा धेरै वर्ष पहिले मानिसहरुको वसोवास नै भएको घरको भग्नावशेष जस्तो देखिने यो घरमा ६ जनाको परिवार अहिलेपनि जोखिपुर्ण तरिकाले वसोसास गर्दै आएको छ भन्ने कुरा जो कसैलाइ पत्याउन गाह्रो हुन्छ । तर वास्तविकता यही हो विगत ७ वर्षदेखि सानुकान्छी चेपाङ र उनको ६ जनाको परिवारलाइ यही जोखिमयुक्त घरले आश्रय दिदै आएको छ । १० ठाउमा चिरा परेको यो घर कुन वेला के हुन्छ स्वयं सानुकान्छीलाइ पनि थाहा छैन । यो घर कसरी वनाउने चिन्ता त छ नै कुन वेला घर लडेर परिवार नै सखाप पार्छ त्यसको वढि चिन्ता छ सानुकान्छी चेपाङलाइ । आफ्नो खेतीपाती गर्ने जग्गा नभएको ले विहान वेलुकाको छाक टार्न ज्यालामजदुरी नै गर्नुपर्ने वाध्यता उनको परिवारमा छ । दिनभर श्रीमान र छोराले ज्याला मजदुरी गरेर कमाएको पैसाले विहान
वेलुका कै छाक टार्न ठिक्क भएकाले अहिलेसम्म यो घरलाइ वनाउन नसकेको सानुकान्छी गुनासो छ । अलि ठुलो हरिवतासले पनि लडाउला जस्तो घरै मुनिवाट दिनहु हजारौ गाडीहरु ओहोर दोहोर गर्छन तर घरमा वृद्धभत्ता खाने उमेरको व्यक्ति हुदा पनि नागरिकता समेत वनाउन नपाएर वृद्धभत्ता समेत खान नपाएको सानुकान्छी चेपाङको परिवारलाइ राजमार्गले नै सुविधा दिएको छ न राज्यले नै । अति सिमात्कृत जाती चेपाङहरुको जीवनस्तर सुधार्न भनेर सरकार ले नै चेपाङ आवास कार्यक्रम ल्याएको छ तर सानुकान्छी चेपाङजस्तो वास्तविक पिडित चेपाङहरुले चेपाङ आवास कार्यक्रम मार्फत राहत नपाएसम्म सरकारी कार्यक्रम सफल भएको मान्न सकिन्छ ।

0 Comments:

Post a Comment