Pages

Subscribe:

Ads 468x60px

चितवनको वन्द र मेरो अनुभूती

हुन त म वन्दको सधै विरोध गर्छु चाहै त्यो वन्द जो सुकैले गरोस । १७ गते चितवन प्रवेश गर्ने वित्तिकै YCL को वन्दको मारमा परे । प्रहरीले जवरजस्ती चन्दा उठाउदै गर्दा पक्राउ गरेको आफ्ना कार्यकर्ताहरु छुटाउन एनेकपा माओवादीले गरेको चितवन वन्दका कारण १७ गते नै दासढुङगा देखि चार घण्टा लगाएर पसिना राजमार्ग चुहाउदै म भरतपुर पुगेको थिए ।
मेरो चितवन वसाइ यो पटक लामै रहेकाले वसाइको क्रममा फेरी अर्को वन्दको सामना गरे चितवनमा मैले । त्यो वन्द थियो आफुलाइ निकै प्रजातान्त्रिक र लोकतन्त्रवादी भनेर चिनाउन रुचाउने पार्टी नेपाली काङग्रेसको । उसले पनि आफ्ना कार्यकर्ता छुटाउन YCL कै शैलीलाइ पछ्याएको थियो । तर यहा यो व्लग कुनै वन्द विशेषमा भन्दा पनि कुनै पार्टी विशेषको वन्दको विरोधमा लेखेको छु ।
एनेकपा माओवादी सानो सानो कुरालाइ पनि ठुलो वनाएर सडकमा आफ्नो उपस्थिति देखाउन भनेपनि सानातिना विषयमा पनि सडकमै आइहाल्छ YCL लाइ अगाडी लाएर तर नेपाली काङग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले पनि आफ्ना कार्यकर्ता छुटाउन वन्दलाइ नै हतियार वनाएको मा चाही मेरो विमती रह्यो । हुन त YCL ले गरको वन्द चाही ठीक थियो भनेको हैन मैले । वन्द गलत नै हो चाहै त्यो जो सुकैले गरोस तर YCL को वन्द भन्दा तरुण दलको वन्दको निकै हिसात्मक र असभ्य लागेकोले यो व्लग मा यति शव्द जन्मिएको हो ।
नेपाली काङग्रेसले आव्हान गरेको वन्दको दिनमा 25 गते मेरो पनि काम केही नभएर दिनभर पुल्चोकमा वसेर तमासे वनेको थिए वन्दको । आफ्ना २ कार्यकर्ता छुटाउन प्रजातान्त्रिक र लोकतान्त्रिक भनिएको पार्टी नेपाली.......................
काङग्रेसले गरेको वन्द यत्ति असभ्य र अभद्र थियो कि अहिलेसम्म मैले त्यस्तोखाले वन्दको सामन गर्न परेको थिएन । वजार र पसल वन्द गराउदै हिडेका कार्यकर्ताहरुका भाषा सुन्दा र उनीहरुलाइ देख्दा यस्तो लाग्थ्यो कि थियो कि उनीहरु यस पृथ्वीकै होइनन । वन्द गराउन भनेर वाइकमा नै झण्डा  हल्लाएर हिड्ने, घर अगाडी रोकेर राखेका वाइकहरुलाइ लात्तीले हानेर ढालिदिने, सुन्न पनि नसकिने गालीहरु के के हो  के के ।
वरु अलि पहिला निर्क हिंसात्मक प्रदर्शन गर्ने YCL ले भने वन्दको शैली फेरेको रहेछ । उनीहरुको वन्द अपवादका ठाउमा वाहेक निकै शान्त लागेको थियो मलाइ । म दासढुङगादेखि तातो घाममा राजमार्गमा पसिना चुहाउदै YCL लाइ गाली गर्दै रामनगर आइपुगेको वेला रामनगरमा नै रहेका वन्दकर्ताहरुले वन्दलाइ अलि वढि चासोका साथ मैले सोधखोज गरेको र मेरो असिनपसिन अवश्था देखेर मोटर साइकल डोहो¥याएर हिडिरहेका व्यक्तिको साथमा मोटरसाइकल चढाएर पठाइदिएका थिए मलाइ आपटारी सम्म । रामनगरदेखि आपटारीसम्म मोटरसाइकलमा आउन पाउदा पनि अघि वाटाभरि वाइ सी एल गरेको गाली मनमनै फिर्ता लिएको थिए ।
म कुरा गर्दै थिए काङग्रेसको वन्दको । नेपाली काङग्रेसले कार्र्यकर्ता पक्राउ परको र उसलाइ छुटाउनको लागी वन्द गरेको भनेर सुन्ने वित्तिकै मलाइ चित्त वुझेको थिएन । आरोप जस्लाइ पनि लाग्छ तर आरोपको पुष्टि नहुन्जेलसम्म अनुसन्धानका लागी प्रहरीले जो कसैलाइ पनि नियन्त्रण लिन सक्छ तर भारतिय नागरिकलाइ साइड नदिएको निहुमा मरणासम्म हुनेगरि कुटपिट गरेको जस्तो गम्भीर आरोप लागेका २ व्यक्ति छुटाउन नेपाली काङग्रेसले गरेको चितवन वन्द यति अशोभनिय थियो कि निर्वाचनको मुखमा त्यो वन्दले चितवन काङग्रेस आफैलाइ घाटा पु¥याएको छ ।
२ भोटको लोभमा २ लाखलाइ दुःख र पिडा
हुन त पक्राउ परेका हरु नेपाली काङग्रेसको भातृ संगठनका जिम्मेवार कार्यकर्ताहरु थिए । उनीहरुको योगदान पार्टीमा करौडौको थियो होला तर काङग्रेसलाइ चुनावको मुखमा भोटकै माया लागेको हो र भोटकै कुरा गर्ने हो भने त उनीहरु २ भोट न थिए । मैले मात्र २ भोटमा तिनिहरुलाइ तुलना गरेर तिनिहरु को अपमान गर्न खोजेको होइन । २ भोटमा यसकारण तुलना गरेकी २ जना छुटाउन अरु २ लाख जनतालाइ दुख दिएको थियो काङग्रेस चितवनले ।
मलाइ थाहा छ मेरो यो विचार हातमा लठ्ठी र ढुङगा वोकेर वाइक र ट्रक फुटाउन र मलामी वाकेको गाडीमा पानीको वोत्तल हान्न लम्कीएका काङग्रेसीहरुलाइ मन पर्दैन तर आत्मा देखि नै काङग्रेस भएका र काङग्रेसीमान्यता र परम्परालइ भित्रैदेखि स्वीकार गरेका चितवनकै अरु काङग्रेसीहरु स्वयलाइ  भने यो वन्द चित्त नवुझेको मैले पाखामा वसेर नै अनुभूती गरेको थिए ।
आफ्ना कार्यकर्ताहरु अनुसन्धानपछि त छुट्ने अवश्य नै थिए तर कार्यकर्ता छुटाउन दवाव दिनको लागी वन्द गर्न, प्रशासनिक काम गर्न नमिल्ने लगातारको सार्वजनिक विदा भएको क्यालेण्डरमा आँखा नपारेको नेपाली काङग्रेस चितवनले वन्द जस्तो अशोभनिय काम गरेरै छोड्यो । आफ्ना कार्यकर्ता छुटाउन  कै YCL शैली नै अपनाएको चितवन काङग्रेसले सामाजकि सन्जाल, पत्रपत्रिका र राजमार्गमा अलपत्र परेर दुःख पाएका यात्रुहरुको गुनासो र प्रतिक्रिया सुन्दै सुनेन मानौ उसले वन्द अवधिभर कानमा कपास कोचेर वसको छ ।
वन्द गराएर ठुलै पुरुषार्थ देखाएको काङग्रेस चितवनले तत्कालका लागी त प्रहरीलाइ दवाव पुगेको ठान्यो होला तर भुइको टिप्दा पोल्टावाट खसेको भने झै आगामी चुनावमा नेपाली काङग्रेलाइ नै भोट दिने मानसिकतामा रहेका व्यक्तिहरु – जो राजमार्गमा यात्रारत थिए, तिर्थधाम यात्रामा थिए, जो आफ्नै मोटरसाइकल डाहो¥याएर अस्पताल तर्फ जादै थिए अनि आफन्त गुमाएको पिडा वोकेर मलामी हिडेका व्यक्तिहरुले चारतारे झण्डा ओढको व्यक्तिहरुवाट थप पानीको वोत्तलको पिडा पाएका व्यक्तिहरु थिए, तिनिहरुको भोट भने नेपाली काङग्रेस चितवनले गुमाएको छ ।
तत्कालका लागी चाही भातृसंगठनको वन्द गर्ने निर्णय पार्टीलाइ पनि ठीक र प्रहरीलाइ दवाव दिने खालको लागको थियो होला । तर लोकतन्त्रमा विश्वास गर्ने पार्टीले गरेको वन्दजस्तो अलोकतान्त्रिक व्यवहारकै कारण सिङगो नेपाली काङग्रेसलाइ नै क्षती पुग्दै गएको छ भन्ने कुरा चितवन काङग्रेस र समग्र नेपाली काङग्रेसले वुझ्नु जरुरी छ ।

0 Comments:

Post a Comment