Pages

Subscribe:

Ads 468x60px

भौगोलिक विकटताले नछेकेको नतिजा

कम्प्युटर विज्ञान अध्ययन गर्दे विद्यार्थीहरु
सदरमुकाम धादिङवेशीबाट भौगोलिक हिसावमा २ दिनको पैदल यात्राको दुरीमा छ री गाउँ उच्च माद्यमिक विद्यालय, न त अहिलेसम्म सडक संजालले जोडेको छ न त अहिलेसम्म विद्युत र संचारका सवै सुविधाहरु पुगेको छ । आक्कल झुक्कल हावाको झोक्काले सदरमुकामसंग संचार सम्पर्क गराउने यस ठाउँमा सुचना प्रविधिमैत्री बातावरणमा उच्च माद्यमिक तहमै कम्प्युटर विज्ञान विषयमा पढाइ हुने गरेको छ भनेर जोकोहीले नपत्याउन सक्छ । उत्तरी धादिङको विकटमा रहेको री गाउँ विकास समिति वडा नं ४ मा रहेको री गाउँ उच्च माद्यमिक विद्यालयले अहिले कम्प्युटर विज्ञान विषयमा दश जोड दुइको कक्षा संचालन गरिरहेको छ । विद्यालयले कम्प्युटर विज्ञानको पहिलो ब्याजको ११ को परीक्षामा सवैजना उतीर्ण गरेर जिल्लाको शिक्षा क्षेत्रमा हलचल नै पैदा गराएको छ ।
धादिङ जिल्लामै पहिलो पटक कम्प्युटर विज्ञान विषयमा पढाइ सुरु गरेको री गाउँ उच्च माविले पहिलो पटकको प्रयासमै शतप्रतिशत नतिजा पनि ल्याएको छ । उच्च माद्यमिक शिक्षा परिषदले संचालन गरेको गत वर्षको ११ को परिक्षामा कम्प्युटर विज्ञान विषयमा विद्यालयबाट सहभागी भएका ८ जना मध्ये सवै पास भएको विद्यालयका प्राचार्य मुक्तिराज बसौलाले जानकारी दिए । ‘हामीले ठुलै जोखिम मोलेर विदेशी दाताहरुको सहयोगमा कम्प्युटर विज्ञान विषय धादिङ जिल्लामै पहिलोपटक संचालन ग¥यौ ।’ बसौलाले भने, ‘सदरमुकाम बाट यति टाढा र भौगोलिक कठिनाइका बाबजुत पनि संचालन गरेको विषयको पहिलो ब्याचको नतिजाले निकै खुसी बनाएको छ ।’
विद्यालयमा कम्प्युटर विज्ञान पढाउनको लागि फ्रान्सको ‘एसोसियसन कल्चर फ्रान्स नेपाल’ नामक........
सस्थाले कम्प्युटर लगायत त्यसलाइ आवश्यक पर्ने सवै उपकरणहरु उपलब्ध गराएको छ । अहिले सोलार प्रणालीबाट विद्युत उत्पादन गरि कम्प्युटर कक्षा संचालन गरिरहेको विद्यालय जनाएको छ । प्राचार्य  बसौलाले भने, ‘हिमाली क्षेत्र भएकाले कहिलेकाँही चिसो मौसममा राम्रोसंग सोलार चार्ज हुन नसक्दा कोहीकोही वेला समस्या पर्ने गरेको छ ।’ इन्टरनेटको लागि टेलिकमले राखेको रिपीटर टावर भएको स्थानबाट विद्यालय धेरै टाढा भएकाले इन्टरनेटमा चाँहि बारम्वार आउने गरेको बसौलाले बताए ।

अहिले दश जोड दुइमा कम्प्युटर कक्षा संचालन भइरहेको भएपनि त्यसभन्दा पछाडी अध्ययन गर्नको लागि विद्यार्थीहरुलाइ समस्या पर्ने देखिएको छ । ‘विद्यालयको आफ्नै स्रोत छैन, अरुको सहयोगमा यहाँसम्म त पढाइ संचालन ग¥यौँ । अव यसपछि के गर्ने भन्ने विषयमा चै अन्यौलमा नै छ,’ प्रधान्याध्यापक बसौलाले भने ।विद्यालयमा अध्यापन भइरहेको अरु संकाय र विषयमा परीक्षा दिएका विद्यार्थीहरुको भन्दा कम्प्युटर विज्ञान विषयमा उत्कृष्ट नतिजा आएको छ । दुर्गम भेगमा पनि २१ औ शताब्दीको सुचना प्रविधि मैत्री बातावरणमा अध्ययन गर्न पाउँदा विद्यार्थीहरुपनि खुसी देखिएका छन । विद्यार्थी विनोद तामाङले भने, ‘भौगोलिक रुपमा सदरमुकामदेखि यति टाढा रहेर प्राविधिक विषयमा घरमै बसी बसी पढ्न पाइएको छ, खुसी त लागि हाल्छ नी बरु अव १२ पास गरेपछि चाँहि कसरी कहाँ गएर पढ्ने हो थाहा छैन ।’
रीगाउँ उच्च माविको यो नतिजाले सरकारले इच्छाशक्ति देखाएमा र सेवासुविधा उपलब्ध गराएमा भौगोलिक विकटता र दुरदराजका गाउँहरुबाट पनि प्राविधिक जनशक्ति उत्पादन गर्न सक्छ भन्ने प्रमाणीत गरेको स्थानियहरुले बताएका छन ।

0 Comments:

Post a Comment