Pages

Subscribe:

Ads 468x60px

गाउ-गाउ डुल्नुको मजा !!!

पछिल्लो समय विभिन्न सामाजिक कामहरुमा सक्रिय लियो क्लव अफ धादिङ नीलकण्ठ र लायन्स क्लव अफ धादिङ नीलकण्ठको संयुक्त आयोजनामा खाल्टे गा विकास समितिको वडा नं ६ मा निशुल्क आखा शिविर गर्न लागीएको छ । त्यसैको प्रचार प्रसारको लागी आज खाल्टे जाने अवसर जुर्यो । लियो क्लवका अध्यक्ष नरेन्द्र भट्टलाइ लिएर शनिवारको 
छुट्टि मनाउन लागीयो खाल्टे । म चाही अहिलेसम्म पनि खाल्टे गा वि स गएको थिएन । अरुण खोलाको किनार किनारै अप्ठ्यारो वाटो भएपनि गफगाफ गदै उकालो लागीयो वाइकमा । वाटामा एैँसेलु पाकेर लटरम्मै रहेछ । रोडको तलमाथी नै एैँसेलुको झ्याङ । हामीलाइ नै स्वागत गर्न वसेको जस्तो । धीत मरुन्जेल खादै अगाडी वढियो । आजको शनिवारको यात्रा रमाइलो नै भयो समग्र्रमा ।

केही फोटोहरु जस्ताको तस्तै :

वाटोभरि लटरम्म फलेर पाकेका एैँसेलु

खाल्टेको पात्लेमा रहेको गुम्वा । यहावाट धादिङवेशी वजारको सुन्दर अवलोकन गर्न सकिन्छ ।
वाटोमा मकै छदै गरेका वा भेटिए । उहाँको पनि आँखा कमजोर रहेछ । गाउमा नै आँखा शिविर वस्ने भएपछि उहाँ पनि खुसी हुदै दिएको पोज

धादिङकै पर्यटकीय स्थल चमेरे गुफा जाने वाटो देखाउन पात्ले डाँडामा राखिएको संकेत
 फर्कदै गर्दा वाटोमा देखिएको गाउघरको ग्यास (दाउराको भारी) । यो ग्यासको प्रति सिलिण्डर (भारी) १२० रुपैया पर्दो रहेछ ।








0 Comments:

Post a Comment