Pages

Subscribe:

Ads 468x60px

राष्ट्रिय झण्डाको प्रयोगवारे मैले वुझन नसकेको कुरा

–मनिष दुवाडी, धादिङ–

मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ । ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ ।
नेपाली विकिपिडियाको अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन । झन्डाको स्वरूप त अहिलेको जस्तै थियो । तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे । सरकारी कार्यालयमै पनि फरक–फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे । कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउथे त कसैले तल्लो भागको । लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन । कसैले चन्द्रमा एक ढाँचाको बनाउथे भने 
अर्कोले सूर्य अर्कै ढाँचाको । कतिसम्म भने चन्द्रमा र सूर्यको ठाउमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे । यत्तिकैमा २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो । त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि राष्ट्रिय झण्डाको प्रयोगवारे यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जुन सुत्रअनुसार अहिलेको वर्तमान राष्ट्रिय झण्डा कायम रहेको छ ।
राष्ट्रिय स्वाधिनताको प्रतिक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउदैन । पछिल्लो समय, अझ भनौ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोग वढ्न थाल्यो । जुनसुकै पार्टी पनि राष्ट्रिय झण्डाकै प्रयोग गरेर राजनिति गर्न थाले । नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले "राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९" वनायो । जुन २०६९ जेठ २२ गतेदेखि लागु गरियो तर कागजमा मात्र । त्यो कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाइएको रहेछ । निषेध गरिएका कार्यहरु ससर्ती हेरे  (घ) नं मा यस्तो लेखिएको रहेछ ।
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन ..................

अनि टि भि को एउटा विज्ञापन सम्झे 'मेरो देश मेरो जगदम्वा' । देशमा त्यो जगदम्वा सिमेन्ट कत्ति उत्पादन हुन्छ र कत्ति खपत हुन्छ त्यो चाही थाहा भएन मलाइ तर त्यो जगदम्वा सिमेन्टको तर विज्ञापन हेर्दा त यस्तो लाग्छ कि यो देश नै जगदम्वाले वनेको हो । त्यही विज्ञापनमा मेरो देश मेरो जगदम्वा भनेर २/४ जना हाम्रो राष्ट्रिय झण्डा वोकेर कुदेका छन । कार्यविधिमा चाही व्यापारिक प्रयोजनको लागी र विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने छैन भनेर भन्ने तर खुलेआम व्यापारिक प्रयोजनको लागी प्रयोग भइरहदा चाही कहि कतैवाट विरोधका आवाजहरु उठेका छैनन । एकजना वुद्धिजिविलाइ सोधे अनलाइनमा भेट हुदा, उहाँको उत्तर थियो खोइ त्यसरी विज्ञापनमा राख्न त नपाइने हो तर जगदम्वा सिमेन्टले अनुमती लिएर प्रयोग गरेको होला । अनुमती कसले दियो व्यापारिक प्रयोग गर्नलाइ ? जसले पनि अनुमती लिएर राष्ट्रिय झण्डाको प्रयोग गरि आफ्नो निश्चित स्वार्थ पुरा गर्ने हो भने किन वनाइरहन पर्या यो कार्यविधि ?
राष्ट्रकै प्रतिकको रुपमा रहेको झण्डाको दुरुपयोग गर्नु पनि हद हुन्छ नी, कतै पार्टीकै शिर्ष नेताहरु पार्टीको झण्डा शिरमा वाँधेर राष्ट्रिय झण्डामाथी थाल राखेर भोजभतेर खान्छन भने कतै अति देशभक्त पार्टी भनेर चिनाउन राजनैतिक सभामा पनि राष्ट्रिय झण्डाको प्रयोग गरिरहेकै छन तर कही कतैवाट पनि यसको विरोध भएको र दुरुपयोग गर्नेलाइ कारवाही भएको भनेको सुनेको छैन । यस्ता विज्ञापन र राजनैतिक पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग भएका उदाहरहरण त कत्ति छन कत्ति तर अहिलेसम्म यसलाइ रोक्ने तर्फ कसैको ध्यान गएको देखिदैन ।
राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा सर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ तर दुरुपयोग गरे नगरेको कसले हेर्ने, र दुरुपयोग गर्नेलाइ के कस्तो कारवाही गर्न सकिने भन्ने कुरो चाहि ठ्याक्कै तोकेको रहेनछ । कार्यविधिको परिच्छेद ४ मा कुनैपनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्र भित्र राष्ट्रिय झण्डाको दुरुपयोग भए नभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाइ तोकेको रहेछ तर प्रमुख जिल्ला अधिकारीले के के को अनुगमन गर्न भ्याओस र ।
अनि मलाइ अर्को अचम्म र जिज्ञासा लागीरहेको कुरा पनि छ, पत्रकार रवि लामीछानेको विश्व किर्तिमानमा । उनले नेपाललाइ विश्वसामु चिनाउन र वुद्ध नेपालमा नै जन्मेका हुन भनेर चिनाउन लगातार ६२ घण्टा भन्दा बढी समय सम्म निरन्तर कार्यक्रम (टक सो) गरे । उनले त्यो अभियानको लोगोमा के चिन्ह राखेका हुन मैले वुझिन । सरसर्ती हेर्दा माथी चन्द्रमा र तल सुर्य अंकित चिन्ह छ, जुन हामीले नेपालको झण्डामा प्रयोग गर्दै आएको छौ । अनि अर्को माथी रातो कलर र तल निलो कलरको पताका पहराइएको छ । 
यदि विश्वलाइ नेपाल सामु चिनाउने भनेर गरेको त्यत्रो ठुलो कार्यक्रमको लोगोमा नेपालको वास्तविक झण्डा नै प्रयोग गरेको भए के विग्रन्थो । मैले त्यस लोगोका अर्थ नवुझेको पनि हुँला तर यदि त्यो लोगोमा राष्ट्रिय झण्डा नै राखिएको हो भने हाम्रो राष्ट्रिय झण्डाको छेकछन्द नै मिलेन । यदि झण्डा नै राख्न खोजिएको थियो भने रातो पृष्ठभुमिमा निलो किनार भएको झण्डा हुनपथ्र्यो । झट्ट हेर्दा चन्द्र सुर्य पनि छ अनि रातो र निलो कलर पनि छ तर वनावट हेर्दा चाही रातो र निलो रङलाइ तलमाथी प्रयोग गरिएको मात्र छ । घुमाउरोे पारामा हेर्दा मलाइ त्यहा पनि नेपालको झण्डाको दुरुपयोग भएको जस्तो लाग्यो । मैले रवि लामीछानेको कार्यक्रममको वारेमा यत्तिका गुनासाका कुरा गर्दै जाँदा उनको अभियान विरुद्ध लागेको चाही होइन, मात्र जिज्ञासा पोखेको हु आशा छ मेरो जिज्ञासाको समाधान यहि वाट आउनेछ ।

0 Comments:

Post a Comment