Pages

Subscribe:

Ads 468x60px

बाटो हेरिरहन्छिन अन्जली

अन्जली दराइ

"५८ दिन वित्यो बाबु आमा र छोराको अत्तोपत्तो छैन"

सल्यानटार (धादिङ) : उमेरले भर्खर १३ वसन्त काट्दैछ । मनभित्र अनगिन्ति छन इच्छा, चाहना र सपनाहहरु । तर अव उनको इच्छा र आवश्यकता पुरा गरिदिने बाबुआमा र संगै खेल्ने गरेको सानो भाइ कोही पनि छैनन घरमा, बाँकी छन त ७१ वर्षिय बृद्ध हजुरबुवा डिलबहादुर जस्को हेरचाह गर्ने जिम्मेवारी पनि अव उनकै काँधमा आइलागेको छ ।
सल्यानटार गाउँ विकास समिति बडा नं ४ कि अन्जली दराइको साथबाट बैशाख १२ गतेको विनाशकारी भुकम्पले एकैपटक खोसेर लग्यो बुवा चेतबहादुर दराइ, आमा मसिनि दराइ र भाइ अनिल दराइलाइ । दाउरा लिन घर नजिकैको जंगलमा गएका उनीहरुलाइ भुकम्पपछिको पहिरोले पुरेपछि कहिल्यै घर नफर्किने गरि विदा भए । भुकम्प गएको आज ५३ दिन भइसक्दा पनि अन्जलीले बाबुआमा र भाइको न सास फेला पार्न सकेकी छन न लास नै । उनलाइ अझैपनि लागिरहेछ कतै जंगल गएका बाबुआमा भाइलाइ अघि लाउदै दाउराको भारी बोकेर फर्किरहेछन त छैनन ? गाउलेहरु बाबुआमा अव फर्केर आउदैनन भन्छन । गाउलेका कुरा सुनुन्जेलसम्म त अन्जलीलाइ पनि लाग्छ अव मेरो बाबुआमा फर्किदैनन भन्ने कुरा । तर १३ वर्षमै बाबुआमाको ममता र भाइको स्नेह गुमाएकी अन्जली भन्छिन, ‘जव एक्लै हुन्छु फेरी बुवाआमा आउछन कि जस्तो लाग्छ ।’ त्यसैले होला अन्जली घरी घरी बाबुआमा जंगल गएको बाटोतर्फ हेरेर टोलाइरहन्छीन ।
अञ्जली पढेर ठूलो मान्छे बन्ने सपना बोकेर बसेकी छिन । तर अव कसरी पढ्ने भन्नेमा नै उनी अनिश्चित छिन् । विगतका वर्षहरुमा भाइलाइ अघि लाउदै पढ्न जाने अन्जलीको साथमा अव न स्कुल जाने भाइ छ न अव स्कुल जाने बेला भयो खाना खान आइज भनेर बोलाउने आमा नै । पढ्ने इच्छा भएर पनि समस्या भएको बताउँदै अञ्जली भन्छिन, ‘घरमा आमा हुँदा पो ट्याममा खाना दिनुहुन्थ्यो, बुबाले नपढे गाली गर्नुहुन्थ्यो, अव...............
..............ट्याममा खाना दिने पनि छैन, नपढ्दा गाली गर्ने पनि कोही छैन ।’ उनको साथमा अव बृद्ध हजुरबुवा मात्रै छन । डाँडा माथिको घाम भइसकेका हजुरबुवा र नातिनि नै एकअर्काको सहारा बनेका छन ।
गाउँकै जनज्योति निम्न माद्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने अन्जलीको अनुहारमा पहिलेजस्तो चमक छैन । उनी भन्छिन, ‘पढ्न त जान्छु तर पहिलेजस्तो मन लगाएर पढ्न सकेको छैन ।’
अन्जलीका चार जना काका छन्, तर कसैले पनि अहिले सम्म म लगेर पाल्छु भनेका छैनन् । सवैभन्दा मनपर्ने र माया गर्ने साहलो छोरोसंग बस्दै आएका डिलबहादुर पनि अरु छोराको घरमा जान मान्दैनन । आफैलाई कसले स्याहार सुसार गर्ला निश्चित नभएका हजुरबुबा डिलबहादुर पहिले अञ्जलीको बुबासँग नै बस्दै आएका थिए । अञ्जली बाहेकका साहिँलो छोराको सन्तान नै मासिएपछि अब को सँग बस्ने उनको टुङ्गो छैन । नातिनी अञ्जलीको रेखदेख कसले गर्ने पत्तो छैन । घरका हजुर बुबा र मामा घरका हजुर बुबा बृद्ध भएपनि जसरी नि अन्जलीलाइ पाल्छु भन्दै आएका छन् । डिलबहादुर भन्छन, ‘जो जहाँसँग भएपनि अन्जलीलाइ धेरै पढाउन पाए हुन्थ्यो । तर कसरी पढाउने हो आफैलाइ केही थाहा छैन ।’ अहिले भन्दा पनि आफु मरेपछि अन्जलीको के हाल हुने हो उनलाइ चिन्ता छ ।
भूकम्प गएको २ महिना हुनै लाग्दा स्थानिय समाजसेवी फणिकान्त छत्कुलीले पहल गरेर पहिरोमा परी बेपत्ता भएको र मृत्यु भइसकेको सर्जिमिन मुचुल्का बनाइदिएपछि अन्जलीलाइ जिल्ला प्रशासनवाट क्षतिपुर्तिको ढोका खुलेको थियो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय राजनीतिक दलको उपस्थितिमा  राहत र किरियाखर्च बापत २ लाख २० हजार रुपियाँको चेक अञ्जलीलाई दिएका छन । जुन रकम १६ वर्ष नभइ अञ्जलीले झिकेर खर्च गर्न पाउँदिनन् ।
हजुरबुबा जितबहादुर दराई भने सो रकम तत्काल झिकेर खर्च गर्न पाउने व्यवस्था मिलाई दिन अनुनय विनय गर्दै थिए । उनी भन्छन, ‘मेरो यो उमेर छ । छोराले लगाएको ऋण एक लाख २४ हजार मैले कसरी तिर्नु ?’
अञ्जली दराईको घरको अवस्था दयनीय छ । भुकम्पले घरका तीन जना वेपत्ता मात्र पारेन घर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ । भुकम्पबाट क्षतिग्रस्त घरको छेवैमा जसोतसो पानी ओत्ने टहरा बनाएका छन हजुरवा र नातिनिले । भुकम्पले घरका तिन जनालाई लगेपछि १३ वर्षिय अन्जलीको अवस्था एकातिर दयनिय छ भने अर्को तर्फ बृद्ध हजुरबुबा डिलबहादुरको अवस्था पनि अनिश्चित बनेको छ ।

0 Comments:

Post a Comment