Pages

Subscribe:

Ads 468x60px

मर्ने त मरेर गए तर परिवारको विचल्ली : तस्विर सहित


छोरीहरुको विहे गर्दा लागेको क्रृण तिर्न नसकी ४ डोका मकै उव्जनी हुने पाखो वारी नै भएपनि धितो राखेर क्रृण निकाल्न भनेर काठमाण्डौ गएका मानवहादर तामाङ अव कहिल्यै घर नफर्किने गरि सधैका लागी गए  । फागुन १० गते पैसाको जोह गर्न काठमाण्डौ जान्छु भनेर हिडेका मानवहादुर काठमाण्डौको बबरमहल नजिकै सोमबार भएको बम विस्फोटमा परि विते । यता श्रीमानको मृत्युभएको खबरले सोमवार सांझ देखि मानवहादुरकी श्रीमती सानुकान्छी तामाङको आंखावाट आंसुको भेल वगेको वग्यै छ ।
घरको समस्या टार्न शहर गएको घरमुली एकाएक बम विस्फोटमा परि मारिएको भन्ने खवरले सानुकान्छीलाई मात्रै हैन सागिने गाउंका धेरैलाई रुवाइदिएको छ । निम्न आर्थिक अवस्था भएका मानबहादुरको एक श्रीमती, ५ छोरी, ३ छोरा छन भने नाति नातिना २ छन । ३ छोरा मध्ये ३२ बर्षका जेठा छोरा मिलन र माइलो २३ बर्षका रामशरण मानबहादुरसंगै बस्दै आएका थिए भने कान्छा छोरा १८ बर्षका भिमबहादुर तामाङभने विहेपछि अलग्गै बस्दै आएका छन ।
आफ्नो नाममा भएको तिन हलको पाखोवारीमा फलेको मकै र कोदोले आफ्नो दशैतिहारलाइ मात्र खान पुग्ने श्रीमति सानुकान्छीले बताइन । कमाउने मान्छ नै नभएपछि कसरी वाच्न पिर उनलाइ छ ३ महिना पनि राम्रोसंग खान नपुग्ने भएपछि मानबहादुरले सिकर्मि पेशालाई मुख्य पेशा बनाएका थिए । बाबु संगै उनका तीन भाई छोरा मध्ये माइलो र कान्छो छोरा पनि सिकर्मी तथा डकर्मी काममा लाग्ने गरेका थिए । घरवाट हिंडेको सग्लो मान्छे काठमाण्डौ पुग्दा घटनामा परेर मारिएको खवरले सानुकान्छीलाई निकै चोट पुयाएको छ ।
मानवहादुरको यस पटकको काठमाण्डौ यात्रा अन्तिम यात्रा भयो । तर गाउंवासीले अझैपनि घटनामा उनिनै परेको भनेर पत्यार गर्न सकिरहेका छैनन । पत्यार गरेपनि नगरेपनि मानवहादुर अव कहिल्यै नफर्कने गरि गईसकेका छन । घटनाको खवर सुनेर शोकाकुल बन्न पुगेका आफन्त र छिमेकीहरु मानवहादुरकी
श्रीमतीलाई सम्झाई बुझाई गर्न मानवहादुरको घरमा जम्मा भएपनि उनिहरु सबैको आंखाभने रसाईरहेको दृष्यले मंगलवार मावहादुरको घर पुगेका सञ्चारकर्मि समेत स्तव्ध वन्न पुगेका थिए ।
उता 
सोही दुर्घटनामा परि मृत्यु भएका कृष्ण वहादुर तामाङको परिवारको हालत पनि मानवहादुरको भन्दा फरक छैन । कृष्णवहादुरको मृत्युले श्रीमती गोमामात्र हैन बैरेनी गाविसका अधिकांश वासिन्दा समेत दुःखीत हुन पुगेका छन । घर खर्च चलाउंदा बढ्दै गएको ऋण तिर्ने उपायको खोजिका लागि तीन दिन अघि घरवाट निस्किएका कृष्णवहादुरले धन कमाउन त परै जाओस  आफ्नो जिवन पनि गुमाएका छन । कृष्णबहादुरको मृत्युपछि तीन सन्तानकी आमा गोमाको जिवनमा ठुलो चुनौति थपिएको छ । तीन जना नावालक छोराछोरीको पालनपोषणको जिम्मेवारी एकातिर छ भने कृष्णवहादुरले तिर्र्नुपर्ने ऋणको भार पनि उनिमाथि नै आई लागेको छ ।

आफ्नो परिवारको नाममा भएको तिन हलको पाखोवारीमा फलेको मकै र कोदोले बर्षको ४ महिनापनि राम्रो संग खान नपुग्ने गोमाको घरमा अहिले छोरा मान्छे कोही पनि छैनन । वम विस्फोटमा परेर श्रीमानको मृत्यु अनि ससुरा घाइते भएको खवर सुने लगत्तै गोमाकी देवर पनि काठमाण्डौ गएका छन । श्रीमानको मृत्यु भएको खवरले अर्धचेत अवस्थामा रहेकी गोमालाइ तातोपानी तताएर दिने मान्छे पनि घरमा छैनन । अर्काको घरवाट अधियामा पाल्न ल्याएको गाइवस्तुको पनि विजोग भएको छ । यतिखेर गोमाको गोठमा ३ वटा पाडी, २ वटा गाइ, २ वटा वाख्रा र एक हल गोरु छ भने केहीमहिनाअघिदेखि घरखर्च टार्नका लागी पाल्न थालेको २५० कुखुरा छन । कमाएर ल्याउने अनि जहान छाराछोरी पाल्ने व्यक्ति जातीय मुक्तिका नाममा हिंसात्मक घटना घटाउंदै आईरहेको संयुक्त जातीय मुक्ति मोर्चाको अपराधिक कृयाकलापको शिकार हुन पुगेकाले अव गोमाको परिवारको सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने गोमाकी छिमेकी रामवहादर भण्डारीले वताए ।

गोमा र सानुकान्छी तामाङको परिवारमा आएको संकटले राज्यको पछिल्लो सुरक्षास्थितिलाई प्रष्ट पारेको छ । आफ्नो श्रीमानको हत्या गरेर परिवारको बिचल्ली पार्नेलाई कारवाही गरेर  सरकारले न्याय दिनुपर्ने गोमा र सानुकान्छीको माग छ । आफ्ना जनताहरुप्रति सरकारको अलिकति पनि दया छ भने कसैको केहि विगार नगर्ने श्रीमानलाई बम हानेर मार्ने अपराधीलाई समातेर कारवाही गर्न गोमा र सानुकान्छीले गरेको गरेको आग्रहलाई सरकारले सुन्नै पर्छ ।

मनिष दुवाडी, धादिङ

1 Comments:

  1. शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना...

    ReplyDelete