Pages

Subscribe:

Ads 468x60px

प्रकाश दाहाल, पुष्कर शाह र माओवादी नेतृत्वको सरकार


वर्तमान सरकारले महान तथा गौरवशाली पार्टीका(आफुले आफैलाइ भन्ने गरेको) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाल लाइ शान्ति र सविधानका लागी लुम्विनि देखी सगरमाथा सम्मको यात्रालाइ भनेर २ करोड रुपैया दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । काङ्ग्रेस भातृ संगठनले सडकमा निस्किएर प्रधानमन्त्रीको पुत्ला र तस्विर जलाउन थालिसकेका छन् । तर यो समाचारले मलाइ कता कता विगतको याद दिलायो । सायद ठयाक्कै महिना भुले मैले, एकवर्ष अगाडीको कुरा हुनपर्छ जुन वेलामा पुष्कर शाह (जसलाइ नचिन्ने नेपाली कमै छन) विश्वका १५० भन्दा वढि देश घुमेर आए अनि सवै देशको राष्टिय झण्डाको साथ देशमा दिगो शान्तिको कामना गदै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने निर्णय गरे । सगरमाथा चढ्ने खर्च जुटाउन उनले सडक देखि सदनसम्म र वालुवाटार देखि शीतल निवास सम्म हारगुहार गरे तर एक सुको प्राप्त गरेनन किनभने उनी देशका महान तथा गौरवशाली पार्टी अध्यक्ष का पुत्र थिएनन् । पुष्करले विश्वका १५० भन्दा वढी देशवाट संकलन गरेर ल्याएका वहुमुल्य वस्तुहरुको लिलाम गरेर भनेपनि सगरमाथा चढ्ने अठोट गरे । त्यतिवेला न्युज २४ च्यानलवाट प्रशारण भएको प्रेम वानियाको कार्यक्रम जय स्वाभिमान हेरेर मेरो आखावाट तरुक्क आसु खसाल्नु वाहेक मैले केही गर्न सक्ने ठाउ थिएन । राज्यले एउटा नागरिकलाइ कतिसम्मको व्यवहार गर्दो रहेछ भनेर मैले त्यो कार्यक्रम हेरेपछि थाहा पाए । आज आएर तिमिलाइ धिक्कार छ वावुराम, धिक्कार छ । सारा विश्व घुमेर नेपाललाइ चिनाएर आएका पुष्कर शाहले सगरमाथा चढ्नलाइ अलिकति पैसा सहगोग गर भनि अनुनय
विनय गर्दा एक वोत्तल पानी किन्ने पैसा समेत सहयोग गरेनौ  आज तिम्रो महान तथा गौरवशाली पार्टी अध्यÔका (कु)पुत्र लाइ शान्ति र संविधानका लागी सगरमाथा चढ्न भनेर २ करोड दियौ ? भुत्रो खाउ गोर्खाली जनता तिमिले दिएको ४५ हजार भोटले आज तिम्रै देशलाइ कंगाल वनाउदैछ.। जनताका छोराछोरीले जीवनजल खान नपाउने देशमा नेताको छोरालाई सगरमाथा चढ्न २ करोड । कस्तो लाजमर्दा सरकारी निर्णय ।
तपाइ आफै भन्नोस के पुष्कर शाह नेपाली हैनन् ? कि विदेशी नागरिक थिए ? कि विश्व भ्रमण गर्नु उसको गल्ती थियो ? यो देशका लागी प्रकाशले आजसम्म के गरेका छन जति पुष्करले गरेका छन । मलाइ यो घटनाले साह्रै मन दुखेर यति लेख्न वाध्य भएको छु । तपाइ पाठकको विचारमा यसले आघात पुगेको र तपाइको आखाँले यसलाइ राजनैतिक रंग देख्नुहुन्छ भने क्षमा चाहान्छु । प्रकाशले देशका लागी गरेको भनेको केही छैन खाली ती महंगा रक्सी वढि विकाएर(खाएर) होटलकै कुर्चीमा रात विताउदै कम्पनीलाइ चाहि फाइदै पु¥याय होलान तर घाम पानी र भोको पेट नभनि देशविदेशमा नेपाललाइ चिनाएर फर्कने पुष्कर शाहभन्दा त्यो जड्याहा प्रकाश देशको लागी ठुलो भयो यो सरकारलाइ । माओवादीले सधै आफुले आफुले आफैलाइ गरिव र सर्वहारा वर्गको पार्टी भनेर हिड्यो तर अहिले आम नेपालीले चिन्दैछन माओवादी कस्तो पार्टी हो भनेर । नेपाली जनताले रगत र पसिना वगाएर तिरेको करवाट आफ्ना कार्यकर्ता र आसेपासे पोस्नकै लागी शान्ति र संविधानका नाममा यति सम्मको निकृष्ट कार्य गर्ला भनेर कुनैपनि नेपालीले सोचेका थिएन होलान । यस्तै खराव र व्यक्तिगत स्वार्थ पुर्ती गर्नका लागी नै माओवादीलाइ सरकारमा पुर्याएका हुन त नेपाली जनताले ?, पक्कै पनि थिएन ।
माओवादी गरिव जनता र सर्वहारा जनताको मुद्धालाई भजाएर कम्युनिÈटका नाममा सामन्ती पारा देखाईरहेको छ । अझ भन्दा पुष्पकमल दहालका छोरा लाई सगरमाथा आरोहरणका लागी २ करोड राज्यको ढुकुटी वाट दिने निर्णय गरेर हजारौ भोका नेपालीले आधा खाएर जम्मा गरेर राज्यको ढुकुटीको दुरुपयोग गरेको छ । नेपालि जनता ले बढि अपेÔा गरेको डा भट्टराई सरकार ले एक पछि अर्को गर्दै राष्ट्रघाति काम गर्दै जनतामाथि कूठाराघात गरेको छ । मधेशबादी दलसगका ४ बूदे सम्झौता, बिप्पा सम्झौता हुदै प्रचण्ड पूत्र प्रकाश को टोलिलाई सगरमाथा चढ्ने नाउमा करोडौ रुपैया राज्यको ढुकुटी बाट झिकेर व्रम्हलुट गरेको छ । अब हूदाहूदै अरु केहि नपाएर शान्ति आउछ भन्दै सगरमाथा चढ्ने नाउमा पैसा बाड्ने हो भने म पनि शान्ति र संविधानका लागी चन्द्रमा मा जान्छू के सरकारले पैसा दिन्छ ? ठूलो मान्छेको छोरो हुनेबित्तिकै त करोडौ“ रूपैया“ पनि निमेÈभरमै उपलब्ध हुने रहेछ । अधिकांश नेपाली जनता ठूलो मान्छे नभएर त होला, जीवननिर्वाहका लागि दिनका दिन जति संघर्È गरे पनि पीडा र यातनाबाट कहिल्यै मुक्त हुन सकेनन् । दुई करोड रूपैया“ले त कति गरिब नेपालीको अनुहारमा हा“सो छर्न सकिन्थ्यो । नेपाली जनताकै लागि भनेर
गरिएको जनयुद्धका नायकहरुले नेपाली जनताकै लागि यसरी अपमान हुनेगरी किन आङ्खनो क्रियकलाप  देखाउ“छन् । अहिलेको दुई करोडको काण्डले नेपाली जनताको आत्मस्वाभिमानलाई गहिरो चोट पु¥याएको छ । यदि सगरमाथाको टुप्पोबाट संविधान आउने भए किन गर्यौ त प्रचण्ड दशकौ लामो जनयुद्ध । १५ हजार नेपालीको ज्यान लिने जनयुद्ध गरेको त आफ्नै छोरालाई राज्यको ढुकुटी वाड्न पो रहेछ भन्ने आज पुष्टी भयो ।  अहिले यी बाउ छोराको खेती देख्दा पनि गजब लाग्यो । बाउ लुम्बिनीको खेती गर्ने छोरा सगरमाथाको । अनि भएन त लुम्बिनी देखि सगरमाथा अभियान सफल !!!
यदि पुष्करमा माओवादीमा जस्तै नेपाल र नेपाली प्रतिको माया थिएन भने उनी विदेशमै वस्थे उतै हराउथे, उतै रमाउथे । तर नेपाल र नेपालीप्रतिको मायाले उनी स्वेदेश फर्किए तर सरकारले चिन्न सकेन उसलाइ । पुष्करसंग यति नमिठो वितृष्णा जागेको थियो कि उनी देश नै छोडेर विदेश भाषिने मनस्थितिमा पुगेका थिए, कारण सरकारको अपहेलना र नमिठो व्यवहार  । तिमि अभागी रहेछौ पुष्कर अभागी..!!! तिमिले सगरमाथा चढ्न राष्टको सहगोग पाउन त उ वेलैमा सीताको कोखवाट प्रकाश भएर जन्म लिनुपर्नेथ्यो पुष्कर !!!
duwadi.dhading@yahoo.com
9741101247

0 Comments:

Post a Comment