Pages

Subscribe:

Ads 468x60px

विदेशमा आमा विरामी, यता छोराछोरी भाकै


‘‘विदेशबाट आमाले पैसा पठाउलिन् भनेको त विरामी पो भाछिन् रे । घरमा खानेकुरा नभएको कत्ति दिन भैसक्यो भात नै पकाएको छैन । केही समय अघिसम्म आमाले खर्च पठाउँदा जेनतेन छाक टरेको थियो । अब के खाने हो, के लाउने हो थाहा छैन ।’’ निलकण्ठ गाविस वडा नं. ५ गणेशटोलमा बसोबास गर्ने चार बालबालिकाहरुले यस्तो सुनाइरहदा त्यहा जानेको जसको मन पनि भक्कानिन्छ । ‘‘५ वर्ष अघि किड्नी फेल भएर बुबा भीमबहादुरको मृत्यु भयो, डेढ महिना अघि विदेश (कुवेत) गएकी आमा मिना कुमारी पनि विरामी हुनुहुन्छ रे’’ अहिले हामी चार जना यो अवस्थामा छौं ।’’ मिनाकुमारीका जेठा छोरा १६ वर्षिय सन्तोषले दुःख मान्दै भने ः– ‘‘अहिले मसंग २ वटा भाई र एउटी बैनी छे । हामीले पेटभरी खानेकुरा नखाएको महिनौ भैसक्यो ।’’ ‘‘बुबाको पनि किड्नीको समस्याले मृत्यु भयो, ३ वर्ष अघि विदेश गएर फर्किएपछि फेरी डेढ महिना अघिमात्रै विदेश जानुभएकी आमालाई पनि किड्नीकै समस्या देखिएको छ, अब के हुने हो थाहा छैन, हाम्रो साहारा कोही नहुने भो’’ मिनाकुमारीका माइला छोरा १२ वर्षिय दिपकले गुनासो गरे । आमा कै कमाइ खान बसेका १६ वर्षिय सन्तोष, १२ वर्षिय दिपक, १० वर्षिय दिनेश र ८ वर्षिय सुनिता रानामगर अहिले विहान बेलुका हात मुख जोड्न नपाएर अलपत्रमा परेका छन् । उनीहरुको अवस्था देखेर छिमेकी र सहयोगी दाताहरुले दिएको खानेकुरा समेत
आफन्त पर्नेहरुले लाने गरेको फुको भात खाँदै गरेका दिनेशले बताए । पुरानो थालमा थोरै भात लिएर नुनसंग खादै गरेका दिनेश भोलीदेखि कसरी भात खाने भन्ने दाईहरु सन्तोष र दिपकसंग सोधखोज गर्दै थिए ।


 घरमा खानेकुरा नभएका कारण आफै काम गरी खान सन्तोषले कहिले सदमुकामकै होटल (पसल)हरुमा भाँडा माज्ने गर्छन् त कहिले गाडीमा खलासी बनेर हिड्ने गरेका छन् । विहानदेखि बेलुकासम्म भाँडा माज्दा ५०÷६० रुपैया कमाइ हने आशामा सन्तोषले पनि घर छाड्न थालेपछि झनै तीन जना बालबालिकाले महिनौदेखि पेटभरी खान पाएका छैनन् । कमाएर पठाउने विदेशमै थलिएको र उपचार खर्च नपाएर अलपत्र परेको खबर संगै छोराछोरीलाई पैसा पठाउन छाडेपछि बालबालिकाको विचल्ली भएको छ । अहिले उनीहरुले छिमेकीकोमा मागेको खाना खाएर गुजारा गर्दै छन् । ढोका अगाडि भएका ति बालबालिकाहरुलाई छिमेकीहरुले पालैपालो खानेकुरा दिने गरेका छन् । ‘हामीले खाने गाँस काटेर यिनीहरुलाई दिने गरेका छौं, यो बच्चाहरुको सारै विजोक भएको छ’ छिमेकी रत्नकुमारी अधिकारीको भनाई छ । अधिकारीले थपिन् ः– ‘‘पढ्न जाने मन गर्छन् ः– कापी कलम त परै जाओस् खाने कुरा त छैन कस्ले पढाइदिन्छ र ?’’ अधिकारीको मात्रै यस्तो गुनासो हैन । बच्चाहरु जगेर्ना गरेर संरक्षण दिने विश्वाशिलो कोही भेटिए आफुहरुको लागि ऊ देवता ठहरिने अर्का छिमेकी बालकुमारी ढकालले बताइन् ।  ६ वर्ष अघि उनीहरुका बुबा भीमबहादुर राना मगरले सदरमुकाम धादिङबेसीमा फर्निचर व्यवसाय (काठ उद्योग) संचालन गर्दै आएका थिए । किड्नी फेल भएर विरामी परेका भीमबहादुरको उपचार गराउँदा भएको सम्पत्ति समेत सकिएपछि उनको मृत्यु भएको थियो । धेरैतिर ऋण लागेका कारण फर्निचर उद्योग समेत विक्रि गरेर उनीहरुका आमा मीनl ऋण तिर्ने आशामा साढे २ वर्ष अघिदेखि विदेशिएकी थिइन् । 
बालबलिकाको नाजुक अवस्था थाहा पाएपछि बालबालिकालाई सहयोग आउने क्रम सुरु भएको छ । वालवालिकाहरुको अवस्थावारे समाचार प्रकाशित र प्रशारित भएपछि काठमाण्डौको एक सस्थामा कार्यरत महिलाले पालनपोषणको जिम्वेवारी लिदै ८ वर्षिय सुनिता रानामगरलाइ लगेकी छिन । चार बालबालिका भोकभोकै परेको र रित्तो थाल चाटेको फोटो विभिन्न पत्रपत्रिकामा प्रकाशीत भएपछि काठमाण्डौ टंगाल स्थित धर्मा ट्राभल्सका राजेन्द्र कुमार मल्लको पहलमा ५ हजार ९ सय रुपैया“, फेसवुकमार्फत धादिङ ज्यामरुङनिवासी राजेन्द्र खनालले २ हजार रुपैया“ र उनकी बहिनी सुस्मिता वस्तीले ५ सय रुपैया“ र बिन्दा हमालले ५ सय रुपैया“ एक कार्यक्रमका बीच सोमवार हस्तान्तरण्ँ गर्नु भयो । बालबालिकाको नाजुक अवस्था देखेकै कारण्ँ काठमाण्डौ स्थित मित्रता फाउण्डेशन नेपालले २ वालकलाइ खानबस्न र शिÔाका लागि सहयोग गर्ने फाण्डेशनका नन्द कुलुले टेलिफोन गरेर जानकारी दिनुभएको छ ।
                                                                                                    शंकर श्रेष्ठ / मनिष दुवाडी धादिङ

0 Comments:

Post a Comment