Pages

Subscribe:

Ads 468x60px

................जनताले त्यस्ता प्रहरीवाट के आशा गर्ने ?

नौविसे गा वि स वाट प्रदान भइरहेको सरकारी सेवा प्रवाह के कस्तो छ भनि सार्वजनिक सुनुवाइ गर्न भनेर असार ११ गते विहान १० वजेतिर खानीखोला तर्फ गइयो । त्यो कार्यक्रम धादिङका पाँचवटै रेडियोवाट प्रत्यक्ष प्रशारण गर्ने निर्णय अनुरुप त्यसको चाँजोपाजो  मिलाउन एकजना साथी सहित खानीखोला पुगियो । कार्यक्रममा दिउसो साढे २ वजेवाट सुरु भइ साढे पाच वजे सम्पन्न भयो । अनि सवै सरसामानहरु पोको पार्दा पार्दै साझको ६ वजिसकेको थियो । कार्यक्रम गर्दा प्रयोग भएका अलि गह्रौ सामानहरु इलाका प्रहरी कार्यलय खानीखोला राख्ने र भोली विहान मात्रै लैजाने गा वि स सचिवको सल्लाह वमोजिम सवै सामानहरु इलाका प्रहरी
कार्यलय खानीखोलामा राख्न पठाइयो । तर हामीलाइ चाहि जसरी भएपनि धादिङवेशी जानु पर्ने वाध्यता थियो । खानीखोलामै साझको ६ वजिसकेको अवस्थामा सिधै धादिङवेशी आउने गाडी फेला पार्न नसकिने भएका कारण मलेखुसम्म भनेपनि वाहिरको नाइट गाडीमा जाने र मलेखुमा पुगेर धादिङवेशीवाट अरु साथीहरु लिन वोलाउने हाम्रो सल्लाह भएपछि हामी वाहिरको गाडी रोकेर मलेखु आउने प्रयास गर्यौ । तर राजमार्गमा चल्ने त्यो पनि नाइट गाडीले हामीले लैजान मानेन । करिव आधा घण्टा गाडी रोक्ने हाम्रो प्रयास असफल भएपछि प्रहरीको सहयोग माग्ने भनेर खानीखोला प्रंहरी चौकीमा पुगीयो । एक जना प्रहरी प्रहरी कार्यलयको गेटमा उभिएका रहेछन अनि हामीले हाम्रो समस्या सुनाइ हामीलाइ गाडि चढाइदिन अनुरोध गर्यौ तर हाम्रो कुरालाइ सुने नसुने झै गरि उनी अन्तै हिडे फेरी हामीले आफैले गाडी रोक्ने प्रयास गर्यौ तर सफल भएनौ । अनि गेटवाहिरवाटै अर्को एकजना प्रहरीसंग सहयोगको लागी अनुरोध गर्यौ । उनी आउन त आए तर वाटोमा हिड्ने
जोसुकैलाइ गाडी चढाउने हाम्रो काम होइन भन्दै वम्किए । उनको वोलीको लवज सुन्दा उनी मधेसी समुदायको जस्तो लाग्थ्यो । उनको हातमा एउटा वाकिटकी पनि थियो, उनी हामीपट्टि फर्किएर ठुलै प्रहरी अधिकृत जस्तो शान देखाउदै त्यसको वटन घुमाउदै हाम्रो कुरालाइ वास्ता नै नगरि भित्र छिरे । हामीलाइ जसरी पनि धादिङवेशी आउनु थियो  तर कुनै गाडीले पनि रोकिदिएन । प्रहरीले गाडी रोक्न सहयोग नगरेकोमा र हामीले रोक्ने प्रयास गर्दा गाडी नरोक्दिएको भएर मलाइ पनि अलिअलि रिस उठिरहेको थियो । अनि हामी प्रहरी कार्यलय भित्रै छिर्यौ । प्रहरी कार्यलयको प्रतिक्षालयमा ४÷५ जना प्रहरीहरु वसिरहेका थिए । अनि हामीले हाम्रो समस्या राखेको त एकजना प्रहरीले हाम्रो खाना खाने वेला भएकोले गाडी रोकीदिन सक्दैनौ भन्दै हामीलाइ थर्काउन थाले । त्यो कस्तो प्रहरी चौकी रहेछ कुनि खाना खाने वेला भयो भन्दैमा एकजना पनि ड्युटीमा नवसी खाना खादा रहेछन कि के हो त्यो जान्न सकिन ।

एउटा व्यक्ति जसले आफुलाइ परेको समस्या प्रहरीलाइ सुनायो जुन समस्या सडकमा नै ड्युटीमा रहेका प्रहरीले हात उठाउदा मात्रैमा त्यो समस्या समाधान हुन्थ्यो । तर मेरो दुव्लो पातलो ज्यान देखेर हेपेर पो कि प्रहरीले त्यति गरिदिन पनि अस्वीकार गरि अनेक वहानावाजी वनाइ हामीलाइ थर्काउन र वाहिर जान भने । अनि हामीले प्रहरी प्रमुखलाइ नै अनुरोध गर्ने कुरा गर्यौ तर उहाको खाना खाने समय भएका कारण उहासंग भेट्न सकिएन । अनि मलाइ पनि अलिअलि रिस उठ्न थालिसकेको थियो । अनि म पनि झोक्किदै यहा कसलाइ थर्काउन आएका नभइ सहयोग माग्न आएको वताए ।
अघि दिउसो भएको सार्वजनिक सुनुवाइमा पनि प्रहरीवाट चाहेजस्तो सहयोग  नपाइरहको गुनासोहरु पनि उठिरहेको थियो तर प्रहरी प्रमुखले त्यसको प्रतिवाद गदै अहिलेसम्म आफ्नो वलवुताले भ्याएसम्म जनताको सेवा गरिरहेको वताउदै शान्ति सुरक्षा तथा देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । प्रहरी प्रमुखले प्रतिवद्धता गरेर मात्रै कहाँ सवै ठिक हुन्छ भन्ने कुरा त्यतिखेर प्रमाणीत भयो जव हामी सहयोग माग्दै प्रहरी कार्यलय भित्र छिर्यौ । उनको कार्यलयमा भएको प्रहरी जवानको व्यवहारले नै प्रहरी प्रमुखको प्रतिवद्धतालाइ खिल्ली उडाइरहेको थियो । फेरी सवैजना प्रहरी कहाँ उस्तै हुन्छन र हाम्रो भनाभन सुनिरहेका एकजना सई (काधमा दुइ तारा भएका प्रहरी) आए र हामीलाई काकटभित्ता जाने गाडी चढाएर पठाइदिए । गाडी चढ्न हतार भएका कारण फर्केर उनलाइ धन्यवाद दिन पनि भ्याइएन । उनलाइ यही वाट धन्यवाद भन्न चाहान्छु ।
तर ड्युटीमा वसेको वेलामा पनि अनेकथरि कुरा र वहानावाजी गर्ने र सर्वसाधारण नागरिकले सहयोग माग्दा थर्काउने प्रहरीले के जनाताको सेवा गर्लान खै । गाडी रोकिदिने जस्तो सानो सहयोग माग्न प्रहरीसंग अनुरोध गर्दा पनि म पत्रकार हुँ भनेर अलि ठुलो स्वर गर्नुपर्ने हुन्छ भने जनताले त्यस्ता प्रहरीवाट के आशा गर्ने ?
                                                                                                                             मनिष दुवाडी, धादिङवेशी

0 Comments:

Post a Comment