Pages

Subscribe:

Ads 468x60px

ती सहासी छोरीहरु, जसले बाबुको काजक्रिया गरे

आमा साथमा बाबुको काजक्रिया गरिरहेका पवित्रा बयलकोटी र रथी बयलकोटी (वाँया)
भुकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यसबाहिर आँगनमा चिसो ढाक्नलाइ एकसरो सेता बस्त्र धारण गरेका एक महिला र २ जना नावालिका नानीहरु । सरसर्ती हेर्दा हिन्दु परम्परा अनुसार काजक्रिया गरिरहेका देखिने यो तस्विरभित्र निकै कारुणिक, बाध्यकारी र हृदयविदारक कथा लुकेको छ ।
धादिङको कुम्पुर गाउँविकास समितिका को पिपलटार स्थित दलित बस्तीको दृष्य हो यो । यहाँका स्थानिय लाल बहादुर बयलकोटीको रहस्यमयी हत्या भएपछि विद्यालय जाँदै गरेका २ जना बालिकाहरु अहिले आमाको साथमा बाबुको काजक्रिया गरिरहेका छन ।
कुम्पुरकै महाकाली माद्यमिक विद्यायलमा कक्षा ९ मा पढने जेठी पवित्रा बयलकोटी र कक्षा ७ मा पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बाबुको काजक्रिया गरिरहेका छन ।
विद्यालय जाँदै गरेर कलिला नानीहरुलाइ सेत्रा बस्त्र लगाएर काजक्रियामा राख्न त आमा लालश्री बयलकोटीलाइ पनि पटक्कै मन थिएन होला तर उनको इच्छालाइ काजक्रिया गर्नैपर्ने सामाजिक बन्धनलले बाँधिदिएपछि बाध्य भएर उनले २ वटी छोरीलाइ आफुसंगै राखेर काजक्रिया गराइरहेकी छिन ।
छोराले काजक्रिया गर्नुपर्ने हिन्दु परम्परा भएपनि लाल बहादुरका छोरा छैनन । छन त ६ वटी स साना छोरीहरु । ६ वर्षकी, ४ वर्षकी, र १ वर्षकी २ वटा जुम्ल्याहा छोरीहरु आमा र दिदीहरुले किन सेतो लुगा लगाएका हुन भनेर बुझ्न सक्ने अवस्थामा पनि छैनन ।
नाबालिका छोरीहरु आफ्नो बुवाको काजक्रियाको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्ने जोसुकै पनि भक्कानिने गरेका छन । भुकम्पले तहस नहस पारेको घर र त्यस पछि बनाइएको टहराको छेउमा काजक्रियामा बसेको बालिकाहरुको यो दृष्यले त्यहा पुग्ने जोसुकैलाइ पनि भावुक बनाउने गरेको छ ।
जे नहुनु भइहाल्यो, अव भने लालश्री बयलकोटीलाइ साच्चै नै ठुलो समस्या आइलागेको छ । ६ वटी छोरीहरुलाइ पालनपोषण गर्ने जिम्मा अव लालश्री बलयकोटीको काँधमा आइलागेपछी उनी निकै चिन्तित बनेकी छिन । उनले भावुक हुँदै भनिन, ‘घरको कमाउने मान्छेलाइ कुन पापीको आँखा लाग्यो, अव म एक्ली महिलाले कसरी हुँर्काउ यी कलिला नानीहरुलाइ ।’
दलित परिवारमा रोग, भोक, र अभाबका वीच जन्मेका यी अवोध कलिला नानीहरुको उचित लालन पालन गर्न र शिक्षादिक्षा दिनसक्ने कुनै अभिभावक छैनन यतिबेला उनीहरुको घरमा । छन त ६० बर्षिय हजुरआमा मात्रै ।
‘हाम्रो बस्नी घर छैन, टहरामा खानेकुरा छैन, कमाएर खाउँ भने न त प्रशस्त खेतबारी नै छ, ज्याला मजदुरी गरेर खुवाउने हाम्रो बाबाको निर्मम हत्या गरे, अव हामीलाइ कसले पढाइदिन्छ ? हाम्रो बाबाको हत्याराहरु यही गाउँमै
छन जस्तो लाग्छ, तिनिहरुले अव हामीलाइ पनि मार्छन होला ।’ लालबहादुरका जेठी छोरी पवित्राले रुदै भनिन, ‘हाम्रो बाबाको हत्यारालाइ जसरी पनि कारवाही गराइदिनुहोस ।’
यसरी फेला परे लाल बहादुर मृत अवस्थामा
गत कात्तिक १ गते साझ ७ बजे घरबाट बाहिरिएका लालबहादुर बयलकोटी २ गते विहान सुनौलाबजार गाउँ विकास समितिको सुकौराखोलामा झुण्डिएको अवस्थामा फेला परेका थिए । दशैमा बनाइएको पिङमा झुण्डिएको भनेर प्रहरीलाइ खवर गरिएपनि उनको खुट्टाले भइ छोइएको प्रस्टै देखिएको स्थानियहरुले बताएका छन । 
घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गरि शव पोष्टमार्टमको लागि धादिङवेशी ल्याएका थिए । झुण्डिएको भनिएको स्थान रहस्यमयी र शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा ५ जनालाइ नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको बताएको छ ।

0 Comments:

Post a Comment