Pages

Subscribe:

Ads 468x60px

बुढीगण्डकी मुआब्जा निर्धारण समिति धादिङको बैठकको पुर्णपाठ

बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाले अधिग्रहण गर्ने धादिङतर्फको जग्गाको मुआब्जा दर निर्धारण गरिएको छ । मुआब्जा निर्धारण समितिका अध्यक्ष एवं धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललको अध्यक्षतामा बसेको बैठक ले मुआब्जाको दर निर्धाण गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । बुढी गण्डकी जलविद्यूत आयोजनाले प्रभावित गर्ने जग्गाहरुलाइ ११ भागमा बर्गिकरण गरि प्रतिरोपनी जग्गाको न्युनतम ५ लाख २५ हजार देखि अधिकत ८ लाख ३५ हजार रुपैयासम्म कायम गरिएको छ । मुआब्जा दर सार्वजनिक गर्दै बुढीगण्डकी आयोजना विकास समितिका अध्यक्ष डाक्टर लक्ष्मी प्रसाद देवकोटाले आयोजनाले डुवाउने धादिङका २ ठुला बजारहरु आरुघाट र खहरे बजारको बाहेक १३ गाउँ विकास समितिका सवै जग्गाहरुको मआब्जादर निर्धारण गरिएको जानकारी दिए । मुआब्जा निर्धारण समिति धादिङको बैठकको विस्तृत विवरण चाहिएमा यहाँ क्लिक गर्नुहोला ।

0 Comments:

Post a Comment