Pages

Subscribe:

Ads 468x60px

सत्र वर्षपछि खुलेको आयोग र धादिङको आवश्यक संङ्ख्या

सामुदायिक विद्यायालयमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूतिका लागि सरकारले विज्ञापन खुला गरेको छ । १७ वर्षपछि रिक्त शिक्षकको दरबन्दी मध्ये देशैभरिका १२ हजार ८ सय ९० पद पूर्तीका लागि सरकारले विज्ञापन खुलाएको हो । २०६३ वैशाख १० गतेसम्म अस्थायी शिक्षक कार्यरत पदमा भने विज्ञापन नगरिएको शिक्षक सेवा आयोगले जनाएको छ । खुलाइएका विज्ञापन अन्र्तगत माध्यामिक तहमा २ हजार २ सय ४६, निम्न माध्यामिक तहमा २ हजार ७ सय ६७ र प्राथमिक तहमा ७ हजार ८ सय ७७ पदका लागि विज्ञापन गरेको छ । आयोगकाअनुसार हाल मुलुकमा एक लाख ८ हजार शिक्षक दरबन्दी रहेको छ । शिक्षक सेवा आयोग स्थापनापछि पहिलो पटक शिक्षकको पदपूर्तीका लागि आवेदन मागिएको हो । सत्र वर्षपछि खुलेको आयोगले धादिङ जिल्लाका लागी भने १४८ जनाको लागी आवेदन मागेको छ । आयोगले धादिङ जिल्लामा प्राथमिक तहका लागी ९० जना, नि मा वि तहको लागी ३८ जना र माद्यमिक तहको लागी २० जनाको आवेदन मागेको हो ।
प्राथमिक तह अन्तरगत खुलावाट ५०, महिलावाट १२, दलित महिलावाट १ आदीवासी जनजातीवाट ११, मधेशीवाट ९, दलितवाट ४, अपाङगवाट २ र पिछडिएको क्षेत्रवाट १ जनाको आवेदन मागेको छ । त्यसैगरि निमावि तहको नेपाली विषयका लागी खुलावाट ४, महिलावाट १, आदीवासी जनजातीवाट १, मधेशीवाट १ र दलितवाट १ जनाको आवेदन मागेको छ । अङ्ग्रेजी विषयमा खुलावाट ६, महिलावाट २, आदीवासी जनजातीवाट १, मधेशीवाट १ र दलितवाट १ जनाको आवेदन माग गरेको हो । नि मा वि तहकै गणित र विज्ञान छुट्टा छुट्टै विषयमा आवेदन मागिएको छैन भने विज्ञान र गणित दुवै विषयका लागी खुलावाट ९,

महिलावाट ३, आदीवासी जनजातीवाट २, मधेशी २ र दलित वाट १ जनाको आवेदन माग गरिएको छ । सामाजिक विषयमा पनि खुलावाट १ र महिलावाट १ जानको लागी आवेदन माग गरिएको छ भने निम्न माद्यमिक तहको जनसख्या वातावरण, संस्कृत, स्वास्थ्य शारिरीक र पुर्व व्यवसायिक विषयमा आवेदन मागिएको छैन ।
त्यसैगरि माद्यमिक तहअन्तरगत नेपाली विषयमा खुलावाट ४, महिलावाट १, आदीवासी जनजातीवाट १, मधेशीवाट १ र दलित वाट १ जनाको आवेदन माग गरिएको छ । माद्यमिक तहकै अङग्रेजी विषयमा खुलावाट २ जना, महिलावाट १ जना, आदीवासी जनजातीवाट १ जना माग गरिएको छ भने गणित विषयमा एक जना मात्र माग गरिएको छ । त्यसैगरि विज्ञान विषयमा खुलावाट २, महिलावाट १, सामाजिक विषयमा खुला २, महिला १, र लेखा विषयमा पनि १ जनाको आवेदन माग गरिएको छ । माद्यमिक तह अन्तरगतकै जनसङ्ख्या तथा वातावरण, स्वास्थ्य जनसङ्ख्या तथा वातावरण, अर्थशास्त्र, भुगोल, कम्प्युटर विज्ञान, सस्कृत व्याकरण, ज्योतिष, गृह विज्ञान, एैच्छिक गणित, कृषि, वेद व्याकरण, स्वास्थ्य शारिरीक, संस्कृत शाहित्य, सस्कृत भाषा, नेपाली भाषा र स्वास्थ्य विषयमा आवेदन माग गरिएको छैन ।

0 Comments:

Post a Comment