Pages

Subscribe:

Ads 468x60px

नराम्रो सपना...........

सुनसान रात
जुन र ताराको चम्किलो छाँया
अनि कुकुरहरुको भुकाइमा मेरो निन्द्रा
यो रातलाइ सदुपयोग गर्ने धेरै छन
तर म,
म निन्द्रा मै मस्त
चोर आइ धन सम्पती लुट्यो कि
वाउको टाउको फुट्यो कि
मलाइ मतलव छैन
अपराधी, चोर, डाँका र वलात्कारीहरु यही रातमा डाँडा तर्दैछन
देशद्रोही र भ्रष्टाचारीहरु यही रातमा आफ्नो ढुकुटी भदैछन
तर म मस्त निन्द्रामा
मलाइ मतलव छैन
कोही यो रातको पनि मध्यरात कुर्दैछन
म चाही खाटमा घुदैछु
यही यउटा रातले मेरो देशलाइ कङगाल वनाउदैछ
यही एउटा रातले मेरो देशलाइ र मलाइ खाडीको वङगाल वनाउदैछ

यही रातमा नेपालको सत्ता फेरिदैछ
देश डुवाउने योजना यही रातमा केरिदैछ
अकस्मात भालेको कुखरी काँ.................

झल्यास्स
झल्यास्स म व्यझिए निन्द्रावाट
अँह यो हुन सक्दैन
मलाइ मेरो देश लुटिने रात चाहिन्न
र यस्तो रात कहिल्यै नआओस, नपरोस यो देशमा !!!
2069/10/04

0 Comments:

Post a Comment