Pages

Subscribe:

Ads 468x60px

दुर्घटना कसको कारण : चालक कि यात्रु ?

दिनहुजसो नेपालको राजमार्गमा र सडकहरुमा दुर्घटनाको भएको समाचार सुनिन्छ । भौगोलिक वनावटले पनि नेपालका राजमार्गहरु वढि जोखिमयुक्त छन । नेपालका राजमार्ग र ग्रामिण सडकहरुमा दिनहुजसो हुने दुर्घटनाले मानिसहरुको ज्यान गइरहेकै छ तर दुर्घटनाको दोष कसलाइ त ? यसको सहज र सजिलै उत्तर आउछ चालक अथवा सहचालक । के सवै दुर्घटना 
Photo : Shiva Silwal
चालक गल्ती ले हुन्छन त ? कुन चाही चालकलाइगाडी पल्टाएर मान्छे मारौ जस्तोलाग्दो होला र । चालक पनि मान्छे हो । उसमा पनि सँवेदना आवेग, रिस, माया हुन्छ । मैले यहा चालकको प्रशंशा गर्न खोजेको होइन । तर हरेक जसो दुर्घटनामा चालकलाइ दोष दिएर दुर्घटनालाइ त्यत्तिकै छोडेको पाइन्छ । के कारणले घट्यो किन घट्यो तेतातिर कसैको ध्यान गएको पाइन्न । मापसे गरेर चलाउनु वढी गतिमा कुदाउनु ट्राफिक नियमको उल्लघन गर्नु जस्ता कुराहरु चालकको लापरवाही अन्तरगत पर्दछन । तर गत माघ आठ गते धादिङको ज्यामरुङमा भएको वस दुर्घटना चाही यात्रुको व्यवहार र नमिठो व्यवहारले भएको पाइएको छ ।
गत माघ ८ गते खचाखच यात्र वोकेर काठमाण्डौ का लागी आरुघाटवाट छुटेका ना २ ख ४९८५ नं को यात्रुवाहक वस धादिङको ज्यामरुङ गाविस वडा नं सात भकारे नजिक दुर्घटनाग्रस्त भयो र ५ जनाले अकालमै ज्यान गुमाए । घटना हुनेवित्तिकै समाचार वाहिर आयो गाडी सहचालकले चलाएका थिए । सूरुमा त मलाइ पनि रिस उठेको थियो किन चालकले यस्तो लापवाही गरेर यात्रुको जीवनमा खेलवाड गर्दछन ? तर घटनाको वास्तविकता भने अर्कै रहेको थाहा भयो ।
एकजना यात्रु जसले तोकिएको गाडी भाडा दिन किचकिच गरिरहेका रहेछन । कण्डक्टरले भाडा माग्दा उक्त कम भाडा दिएछन । जवकी त्यो भाडा धादिङ यातायात व्यवसायी संघले निर्धारण गरैकै वरावर थियो र अन्य यात्रुले सोही वरावर भाडा तिरिरहेका थिए । एकजना यात्रुले उक्त भाड दिन नमानेपछि सोही यात्रुसंग सहचालकको झगडा परेको रहेछ । भाडाको विषयमा किचलो पर्दै गाडी हनुमानडाँडावाट पनि......................
उकालोलागीसकेको थियो । केही माथी आइपुगेपछि पिसाव फेर्नका लागी गाडी रोकियो । चालक सहचालकसंग रिसाउदै किन भाडा उठाउन किचकिच भन्दै कराए अनि सहचालकलाइ गाडी कुदाउने जिम्मा दिएर चालक भाडा उठाउन लागे । सहचालक पनि कानुनी रुपमा चालक थिए थिएनन त्यो त प्रहरीको अनुसन्धानले वताउला तर उनी त्यो वाटोमा राम्ररी गाडी चलाउन थालिसकेका थिए । चालक सहचालकलाइ गाडी जिम्मा लगाएर भाडा उठान थाले उनले अघि किचलो भएको यात्रुसंग भाडा लिए लिएनन तर आफुले भाँडा उठाउन नसकेको रिसमा सहचालकले गाडीको गती अलि वढाएको कुरा सोही वसमा यात्रा गर्दै गरेका सल्यानटारका यात्रु उमेश कुमालले पनि वताएका छन । साघुरो वाटो भएकाले पनि होला वसले सडक छोडिहाल्यो ५० मिटरजती तल झरेर अडियो । त्यतिन्जेलसम्म जे नहुनपर्ने थियो त्यो सवै भैसकेको थियो ।
मैले घटनाको यत्ति विधि पृष्ठभुमी जोड्नुको पछाडी के छ भने यदि त्यो यात्रुले सवैले तिरेको भाडा तिरको भए चालक आफै भाडा उठाउन जादैन थे कि । सवैले तिरेको भाडा तिर्नुपर्छ भन्दैमा जसले जती माग्यो त्यती दिनुपर्छ भन्ने छैन तर समितिले तोकेको भाडा त यात्रुले दिन किचकिच गर्नुहुन्न । यात्रुहरुले पनि राम्रो व्यवहारमा लाग्दो शुल्क तिर्नै पर्छ । कोही कसैलाइ सेवा पु¥याउनकै लागी भनेर २० २५ लाखमा गाडी किनेर चलाएका हुदैनन । अनि यात्राको क्रममा चालक तथा सहचालकको पनि वोली व्यवहार राम्रो हुन सक्नुपर्छ । नेपालमा ड्राइभर भन्ने पेसा नै उनीहरुकै व्यवहारले र वोली नै नराम्रो वन्दै गइरहेको छ । जसले गर्दा आम सर्वसाधारण र यात्रुले नराम्रो दृष्टिले हेर्छन । हाम्रो धादिङमा भएका अधिकाँश गाडीका चालक तथा सहचालकको वोली व्यवहार राम्रो भेटिएको पाइदैन । जवसम्म यात्रु, चालक र सहचालकका विचमा मित्रवत व्यवहार हुदैन तवसम्म जसले जती जे गरेपनि दुर्घटनालाइ घटाउन सकिदैन ।

0 Comments:

Post a Comment