Pages

Subscribe:

Ads 468x60px

आरुघाट पुगेर फर्किदा.............

"आर्थिक उन्नयनको आधार मनासलु पर्यटन विकासको पुर्वाधार" भन्ने मुल नाराको साथ यही पुस यहि पौष २७ गतेदेखि माघ २ गतेसम्म प्रथम आरुघाट महोत्सवको आयोजना भयो । निकै तामझाम र महत्वाकाँक्षी लक्ष्यका साथ आयोजना गरिएको उक्त महोत्सवको हावा धादिङमा पनि नचल्ने कुरा नै भएन किनकी गोर्खा जिल्ला नै भएपनि राजधानीसम्म पुग्ने सजिलो र छोटो वाटो भनेको नै धादिङवेशीको रुट हो । धादिङवेशीमा पनि निकै पचारप्रसार गरिएको उक्त महोत्सव हेर्न जाने मलाइ पनि रहर चल्यो र साथी महिन्दो वाइवालाइ आफ्नो योजना सुनाए । उसले मेरो प्रस्तावमा सहमती जनाएपछि महोत्सवको तेस्रो दिन २९ गते हामी आरुघाट जाने योजना वनायौ । २९ गते विहान सात वजेतिरवाट हाम्रो आरुघाट यात्रा सुरु भयो । विहानको समय यो जाडो मौसम अनि वाइकको यात्रा चिसो को त के कुरा तर वाटामा गरिरहेका रमाइला गफले भने हामीलाइ अलिअलि तताइरहेको थियो । साथी महिन्दो वाइवाको आगामी योजनाका कुराहरु सुनाउदै गफिदै हामीले यात्रालाइ अगाडी वढाउदै गयौ । वाटामा रमाइलो रमाइला गफहरु गर्दै ज्यामिरेभन्ज्याङ पुग्यौं । मेरो घर पनि त्यतै रहेको र साथीलाइ मेरो घरको लोकेसन वताएर, फर्कदा समय मिलेमा मेरो घरमा पसेर
खाजा खाएर जाने सल्लाह गरेर हामीले वाटो ततायो । कच्ची वाटो खाल्डाखुल्डी र धुलो प्रसस्तै अनि वाइक पनि अलि पुरानो, कहिले कुना कहिले छेउ गर्दै हामी निगालपानी डाँडा पनि पुग्यौ । डाँडामा रहेकाले घाम लागीसकेको थियो । त्यो घामको स्पर्शले हामीलाइ अलिअलि तताए पनि खासै न्यानोको अनुभुती त भएको थिएन तर हामीले टारीवेशमा गएर खाजा खाएर ज्यान तताउने सल्लाह वमोजिम अघी वढ्दै गयौ ।
गोलाभन्ज्याङवाट तल झरेपछि फेरी जाडोले सातो लियो । हामी तल झर्दै थियौ हुस्सु र कुहिरो माथी उक्लदै थियो । जति तल झर्यो उती चिसो । हुस्सु र कुहीरोले पनि वाटो नै नदेख्ने गरि लागेको । वाटो नै नदेख्ने गरि लागेको हुस्सु र कुहिरो संग लड्दै वल्ल वल्ल वाइकमा हामी साढे आठ वजे टारीवेशी अवतरण गर्यौ । अनि चिया खाजा चुलो मै वसेर खादै ज्यानलाइ तातो दिनपटि लाग्यौँ । केहीवेर अगाडीसम्म चिसोले लठ्ठिएका हातहहरुले तातोको अनुभव गर्दा खुवै आनन्द आयो । 
 केहीवेर आगो तापेर अधिवढ्ने सल्लाह गरेर हामी तातो तातो खाजा खान थाल्यो यतिकैमा मेरो मोवाइले भाइव्रेसन दियो । आगोमा सेकाइरहेको हातलाइ मन लागी नलागी खल्तीमा हालेर हेरे पोषनाथ मामाले गर्नुभएको रहेछ । फोन पनि भाइव्रेसनमा भएकाले चारपटक फोन गरिसक्नुभएको रहेछ । यो पटककमा पनि मैले फोन उठाउन ढिलो गरेकाले मैले फोन गरे उहाले सुनाउनुभयो हामीपनि सल्यानटार आउदै छौ सल्यानटारमा भएको एउटा कार्यक्रममा सहभागी भएर अनि आरुघाट जाउला भन्नुभयो  यो समाचार साथी महिन्दो वाइवालाइ सुनाए । उसले पनि हुन्छ भनेपछि सुरु भयो हाम्रो आगो ताप्ने यात्रा । उहाले आउदै छौ भन्दा अहिले ज्यामिरेभन्ज्याङमा भन्नुभएको थियो । उहाहरु टारीवेशी आइपुग्ने समयसम्म अव हामीले नेत्रावती नदीको किनारमा रहेका टारीवेशी मा नै रहनुपर्ने भयो । विहानको नौ वजेको थियो नदीकै किनारमा भएकाले हुस्सुले छोडेको थिएन । टारीवेशीको वाटोमा वालेका आगोहरु ताप्नलाइ हामीले कुनै पनि ठाउमा वाँकी छोडेनौ । टारीवेशी मा १५/२० वटा खानाखाजा खाने होटलहरु थिए । वाइकलाइ एउटा कुनामा थन्क्याएर हामी ती सवै होटल हेर्दै हिड्यो आँखु नदीमाथी रहेको पुलतिर ।  पुल नजिकै सडकमानै मुढा वालेर राखेको रहेछ । चिसो मोसमले गर्दा होला आगो देख्ने वित्तिकै यो ज्यान अडिइहाल्यो अनि हामी दुइ जना नै वस्यो आगो ताप्न ।
करिव १० वजीसेकेको थ्यो धादिङवेशीवाट आउदै गरेका शिव सिलवालको वाइकमा समस्या आएछ टारीवेशी आइपुग्न अलि समय लाग्ने जानकारी पाएपछि हामीले उहाँहरुलाइ सल्यानटारमा पर्खने जानकारी गराउदै हिड्यौ सल्यानटार । करिव डेढ घण्टा आगो तापेर तताएको ज्यान फेर वाइकमा पाँच मिनेट यात्रा गर्ने वित्तिकै चिसो भइहाल्यो त्यैमाथी टारीवेशीवाट सल्यानटार उक्लने वाटोमा रहेको खाल्डाखुल्डी र उकालो वाटोले ज्याननै लेला जस्तो भयो । वल्ल वल्ल सल्यानटार उक्लियो । त्यही दिन सल्यानरको पुछारमा रहेका आँखु र वुढिगण्डकी नदीको संगमस्थल नृसिंहधाममा श्रीमदभागवत महापुराणको आयोजना हुदै रहेछ । हामी सल्यानटार को खोल्सी भन्ने ठाउमा पुग्यौ । त्यैसे महापुराणको तयारी हुदै थियो त्यहापनि ।
सल्यानटारको खोल्सीमा जिल्ला विकास समिति धादिङको सहयोगमा टारीवेशीदेखि ग्राभेल गर्ने कामका लागी सर्भे हुदै रहेछ । त्यही भेटिए जिल्ला विकास समिति धािदङका ओभरसियर । त्यो परिचित अनुहार नै थियो अनि त्यही गफ गर्न थाल्यौ । सन्चोविसन्चोदेखि अर्काको कुरा काट्न सम्म भ्याएको हामीले त्यहा आधा घण्टा विताएपछि धादिङवेशीवाट आउनुभएका साथीहरु पनि आइपुग्नुभयो अनि हामी सवै लाग्यौ नृसिंह धामको यात्रातिर । रानीपौवा उच्च मा वि वाट कलशयात्रा निकाल्ने तयारी हदै रहेछ । त्यहाको कार्यक्रम अलि ढिलो हुने लक्षण देखिएको ले हामी आरुघाटवाट फर्किएर त्यहा आउने सल्लाह ग¥यौ ।  विहानको खाना त्यही खायो त्यतीखेर दिउसोको २ वजेको थियो । खानपिन पछि केही साथीहरुलाइ त्यही छोड्दै हामी २ जना महिन्दो र म लाग्यौँ आरुघाटको यात्रामा । म केहीमहिना अघि आरुघाट पहिलोपटक पुगेको कारणले मलाइ चाही खासै नौलो लागेको थिएन तर साथीलाइ त्यहाको वस्तुस्थिति र वाटोको वारेमा अवगत गराउदै अघि वढ्यौँ वुदिगण्डकीको किनारै किनार हुदै ।
 गणेश हिमालको शीरवाट वगेको वुढिगण्डकीको पानी देखेर साथीको मन खुवै रमाएछ उसले यो जाडोमा पनि नुहाउन मन लागेको कुरा सुनायो । वास्तवमा पानि यस्तो निष्कलङ्क स्वच्छ थियो कि यो जाडोमा पनि ज्याकेट फुकालेर झ्वाम्म हाम फालुम जस्तो । यस्तै यस्तै गफ गर्दै हामी करिव तीनवजे आरुघाट पुग्यौ । हाम्रो गन्तव्य नै प्रथम आरुघाट महोत्सव भएकाले सिधै हामी त्यहा पुग्यौँ । त्यहा एउटा पिङ पनि चढेर मनोरन्जन लियौ र केही खानेकुरा खायौ । संयोगवस हामी एउटा स्टलमा पुग्यौ त्यो थियो मनिष होटल ।
आफ्नो नामसंग मिल्ने होटलको स्टल देखेर त्यसैलाइ पछाडी राख्दै एउटा फोटो खिचेपछि हामी महोत्सववाट वाहिर निक्ल्यौ । आरुघाट वजार घुम्न निस्कियो ।केहीवेर आरुघाट वजारमा टहलिएपछि हामी वजारको माथिपटि रहेको आरुटार पनि गयौ । चिनेकी एकजना वुढि हजुरआमा भेट्नका लागी हामी त्यहा गएका थियौ तर भेट्न नसकेपछि हामी त्यहावाट पनि फर्कियौ । घढिले साढे तीन वजाइसकेको थियो हामीले घर फर्किने सल्लाह गर्यौ र फर्कियौ आरुघाटवाट । फर्कदै गर्दा भीमोदय स्कुल पनि वाटैमा थियो । नेपाली क्रान्तिका नायक पुष्पकमल दाहाल प्रचण्डले केहीसमय त्यहा पनि पढाएको हामीले सुनेका थियौ त्यसकारण हामी त्यो स्कुलमा पसेर केही फोटो खिचेपछि फर्कियौ धादिङवेशी । वाटैमा रहेको मनासलु भ्यु रिसोर्टमा खाजा खान पस्यौ । होटलचाही राम्रो खाजाचाही वासी परेछ । पेटभरि पनि खाजा नखाइ एक कप कफी खाएर हाम्रो यात्रा सुरु भयो धादिङवेशीका लागी । सल्यानटारवाट हाम्रो यात्रामा केशव अधिकारी दाइ पनि थपिनुभयो । साझ पनि परेसकेकाले ज्यामिरे पुगेर चिया खाने सल्लाहपछि मोटरसाइकलको गती अली वढायौ हामी ले । साढे सातवजे ज्यामिरे भन्ज्याङ आइपुगेपछि चिया खादै एकछिन आगो तापेपछि त्यहावाट पनि हिड्यौ । रातको आठ वजिसकेको थ्यो धादिङवेशी आइपुग्दा । वाटामा खाएको खाजामा गडवढि भएकाले पेटमा चट्याङ हान्दै थियो । खान खान पनि मन लागेन फेरी भोलीपल्ट माघेसक्रान्ति पनि परेकाले भोली तात्तातो रोटी खाएर पेटलाइ निको पार्ने मनमनै सोचेपछि आरुघाट सम्म पुगेर फर्किदाको थकान मेटाउन सुतें ।
आरुघाट महोत्सववाट फर्कने वेलामा साथी महिन्दो वाइवा र म आरुघाट वजारलाइ पछाडी राखेर फाटो खिच्दै । यो आरुघाटको चिनो ल्याउन सहयोग गर्ने नारायण सिलवाल दाइलाइ धेरै धेरै धन्वाद ।

1 Comments:

  1. मनास्लु लगायत अन्य हिमश्रिङ्खला द्रीस्यावलोकन गर्न जानको लागि पद यात्रा प्रवेश द्वार रहेछ आरुघाट बजार । तर मलाई भने आरुघाटको यात्रा त्यती फापेन हेर । आज सम्म पनि रुघाले छाडेको छैन । त्यो धुलो बाटो, त्यो खोलीको तिरको चिसो सिरेटो, अनी माघ महिनाको हुस्सु । रुघा त लग्ने नै भयो नि साथी । कसो ?

    ReplyDelete